कैलालीकी ५० वर्षीया महिलाले पनि जितिन कोरोना, उपचारपछि निको हुनेको संख्या १० पुग्यो

कैलाली । कैलालीकी ५० वर्षीया महिलाले पनि कोरोनासँगको लडाइँ जितेर अस्पतालबाट डिस्चार्ज भएकी छन् । लम्कीचुहा नगरपालिका १ की ५० वर्षीया महिला बिहीबार सेती प्रादेशिक अस्पतालबाट डिस्चार्ज भएकी हुन् ।

उनी पर्साको वीरगञ्जबाट कैलालीआए पछि क्वारेन्टाइन बसेकी थिइन् । क्वारेन्टाइनमा उनको स्वास्थ्य परीक्षण गर्दा कोरोना पोजेटिभ पुष्टि भएको थियो ।

उनी सेती प्रादेशिक अस्पतालबाट कोरोनालाई जितेर घर फर्किने चौथो संक्रमित हुन् । उनलाई लगातार दुई पटकसम्म कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको थियो । लगातार दुईपटक रिपोर्ट नेगेटिभ आएपछि उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले बताए ।

यसअघि लम्कीचुहाका २१ वर्षीय युवक, धनगढी उपमहानगरपालिका वडा नम्बर ५ का ३४ वर्षीय पुरुष र कञ्चनपुर बेदकोटका ४१ वर्षीय पुरुष निको भएर अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।

अब सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमित एक जना ३४ वर्षीया महिलामात्रै उपचाररत छिन् ।

आजै काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टका दुई जना कोरोना संक्रमित पनि अस्पतालबाट डिस्चार्ज भएका छन् ।

योसँगै कारोना संक्रमण भइ उपचारपछि घर फर्किनेको संख्या १० जना पुगेको छ ।

आजै थप दुई जनामा कोरोना संक्रमण भएको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *