कतारको जेलमा रहेका १७ नेपाली रिहा

कतार । कतार सरकारले कतारको जेलमा रहेका १७ जना नेपालीहरुलाई आम माफी दिने निर्णय गरेको छ । कोरोना भाइरसको महामारी फैलिएको अवस्थामा कतारका जेलहरुमा रहेका १७ जना नेपालीले आम माफी पाउने भएका हुन् ।

कैदीहरुको स्वास्थ्य र मानवीय अवस्थालाई ध्यानमा राखेर कतारका राजाले केही कैदीहरुलाई आममाफी दिने निर्णय गरेको दोहास्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासका अनुसारआम माफीपछि रिहा हुनेहरुमा १३ जना लागू औषध कारोबार, २ जना चोरी, १ जना मादक पदार्थ कारोबार र अर्का १ जना ठगीको कसुरमा सजाय भुक्तान गरिरहेकाहरु छन् ।

कतारमा कोरोनाबाट संक्रमितहरुको संख्या ७ हजार ७ सय ६४ पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *