प्रधानमन्त्री ओली शितल निवासमा, अध्यादेश आजै फिर्ता हुने संभावना !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति निवास शितलनिवास पुगेका छन् । अध्यादेश फिर्ताको लागि सिफारिश पत्र लिएर उनी शितलनिवास पुगेको अनुमान गरिएको छ । मधेशवादी दलहरुलाई विभाजनको बाटो बनाइदिएका प्रधानमन्त्री ओलीले उक्त कार्य असफल भएपछि विहानैबाट अध्यादेश फिर्ता लिने अनुमान गरिएको थियो ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को शीर्ष नेताहरु बाटै अध्यादेशको विरोध भएपछि ओलीले अध्यादेश फिर्ता लिने तयारी गरेका थिए ।

उच्च स्रोतले दिएको जानकारी अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले आजै अध्यादेश खारेज गर्ने सम्भावना छ । संविधानको धारा ११४ को १ ख मा अध्यादेश राष्ट्रपतिबाट जुनसुकै बेला खारेज हुनसक्ने प्रावधान छ । अध्यादेश फिर्ता लिनुपर्छ भनेर आफूहरुले सुरुदेखिनै प्रधानमन्त्री ओलीको कदमको विरोध गरेको सुनाउँदै खनालले प्रधानमन्त्री ओली ब्याक हुनुको विकल्प नभएको पनि जिकिर गरेकाथिए । सोहि अनुरुप आजै अध्यादेश खारेज हुने प्रवल संभावना रहेको छ ।

यता अर्का अध्यक्ष पुष्पकमल दाहाल, बरिष्ठ नेताद्धय झलनाथ खनाल र माधव कुमार नेपाल, पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ र उपाध्यक्षसमेत रहेका सचिवालय सदस्य वामदेव गौतम भेला भएका छन् । उनीहरु गौतमको भैसेंपाटीस्थित् निवासमा भर्खरै भेला भएको खबर छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *