समाजवादी र राजपाको एकताले देउवा खुशी, दिए बधाई

काठमाडौं । समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच एकता भएर जनता समाजवादी पार्टी निमार्ण भएकोमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले खुशी व्यक्त गरेका छन् ।

एक वक्तव्य जारी गर्दै देउवाले दुई पार्टीको एकीकरणले बहुलवादमा आधारित बहुदलीय प्रतिस्पर्धात्मक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन प्रणालीलाई मजवुत बनाउन मद्दत पुग्ने जनाएका छन् ।

उनले नवगठित ‘जनता समाजवादी पार्टी’ का नेतृत्व तथा सो पार्टीसँग आवद्ध सबैमा नेपाली कांग्रेस र आफ्नो व्यक्तिगत तर्फबाट बधाई एवं शुभकामना व्यक्त गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *