काँग्रेसले बाढ्यो कानेपोखरीका ६ सय परिवारलाई राहत

मोरङ । नेपाली काँग्रेसले मोरङको कानेपोखरी गाउँपालिका क्षेत्रका कोरोना प्रभावित ६ सय परिवारलाई राहत वितरण गरेको छ । कानेपोखरीका चारवटा वडाका कोरोना प्रभावित अति बिपन्न र ज्यालादारी मजदुरलाई कानेपोखरी काँग्रेसले राहत प्रदान गरेको हो ।

पहिलो चरणमा मोरङको क्षेत्र नं.३ अन्र्तगत पर्ने कानेपोखरी वडा नं.४, ५, ६ र ७ का ६ सय परिवारलाई ७ लाख बराबरको राहत वितरण गरिएको कानेपोखरीका काँग्रेस सभापति योगेन्द्र दाहालले जानकारी दिए । कोरोना प्रभावितहरुलाई प्रति परिवार १५ किलो चामल, १ किलो दाल, १ किलो नुन, आधा लिटर तेल र एउटा सावुन प्रदान गरिएको छ ।

यसैवीच कांग्रेसका महासमिति सदस्य डा.सुनिल शर्माले राहत वितरण गर्न कानेपोखरी काँग्रेसलाई सात लाख रकम प्रदान गरेका छन् । योसँगै डा.शर्माले मोरङको क्षेत्र नं.३ का बासिन्दाका लागि प्रदान गरेको राहत रकम ३७ लाख ३६ हजार पुगेको छ । यो रकम प्रदेश नं.१ मा हालसम्म एकै व्यक्ति वा सस्थाले प्रदान गरेको मध्ये सर्वाधिक ठूलो सहयोग राशि हो ।

यसअघि डा.शर्माले बेलबारीमा कार्यक्रम गरी बेलबारी, पथरीशनिश्चरे र सुन्दरहरैंचा नगरपालिकालाई राहत वितरणका लागि ३० लाख ३६ हजार रकम प्रदान गरेका थिए । सो कार्यक्रममा कानेपोखरी गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्लेले राहत ग्रहण गर्न अस्वीकार गरेको भन्दै काँग्रेसले आपत्ती जनाएर आफै राहत वितरण गरको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *