भारतीय राष्ट्रपतिकी पत्नीले जब मास्क सिलाइन्…

काठमाडौं । भारतका राष्ट्रपति रामनाथ कोविन्दकी पत्नी सविता कोविन्दको एक तस्विर भाइरल बनेको छ । तस्विरमा उनी राष्ट्रपति भवनको शक्ति हाटमा सिलाई मेशिनबाट मास्क बनाइरहेकी देखिन्छिन् ।

उनले आफैँले पनि बनाइएको कपडाको मास्क लगाएकी छिन् । मिडिया रिपोर्टका अनुसार उक्त मास्क दिल्लीका विभिन्न आश्रय गृहहरुमा पठाइने छ । समाचार एजेन्सी एएनआईसँगै बीजेपीको आधिकारिक ट्वीटर अकाउन्टबाट पनि उक्त तस्विर सार्वजनिक गरिएको छ ।

तस्विरमा क्याप्सन छ– ‘हाम्रो देशकी पहिलो पहिला सविता कोविन्द मास्क सिलाउँदै छिन् । त्यसलाई दिल्लीका विभिन्न आश्रय गृहमा बाँडिनेछ । धन्यवाद आमा उदाहरणका लागि ।’

ट्वीटरमा कयौँ मानिसहरुले सविताको यस कदमको कदर गरेका छन् । एक प्रयोगकर्ताले लेखेका छन्– ‘यो तस्विर मात्रै होइन, एक सन्देश पनि हो । जब म, हामीमा परिवर्तन हुन्छ तब बिमारी पनि उपचार बन्छ ।’

योभन्दा अघि राष्ट्रपति रामनाथले कोरोना संकटमा सहयोगका लागि आफ्नो एक महिनाको तलब प्रधानमन्त्री कोषमा जम्मा गर्ने घोषणा गरेका थिए । भारतीय गृह मन्त्रालयले आफ्नो दिशानिर्देशमा सार्वजनिक स्थान र कार्यस्थलमा सबैका लागि मास्क अनिवार्य गरेको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले १४ अप्रिलको लकडाउन ३ मेसम्म बढाउने घोषणा गरेका थिए । भारतमा कोरोना संक्रमितको आँकडा २१ हजार नाघेको छ भने ६८६ जनाले ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *