दुवै अध्यादेश फिर्ता लिने सरकारको निर्णय

काठमाडौं । आज (शुक्रबार) प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक दल र संवैधानिक परिषद्सम्बन्धी दुई अध्यादेश फिर्ता लिने निर्णय गरेको छ।

प्रधानमन्त्री ओलीले सोमबारको मन्त्रिपरिषद् बैठकमा अकस्मात दुई अध्यादेश ल्याउने प्रस्ताव राखेका थिए ।

केन्द्रीय समिति वा संसदीय दलका ४० प्रतिशत सदस्यले पार्टी विभाजन गर्नसक्ने प्रावधान सहितको राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७७ र संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०७७ मन्त्रिपरिषदले पारित गर्नेबित्तिकै राष्ट्रपतिबाट प्रमाणीकरण भएर राजपत्रमा प्रकाशित गरिएको थियो ।

कोरोना भाइरसको महामारीसँग जुधिरहेको अवस्थामा अध्यादेश ल्याउनुको औचित्यबारे मन्त्रीहरुले प्रधानमन्त्री ओलीलाई प्रश्न गरेका थिए । पार्टीभित्र र बाहिर चर्को विरोध र दबाब आएको थियो अध्यादेश फिर्ता लिन ।

प्रमुख प्रतिपक्षी दल लगायत अन्य पार्टीहरुले पनि विरोध जनाएका थिए । अध्यादेश जारी भएलगतै समाजवादी र राष्ट्रिय जनता पार्टीले एकता गरेका थिए । चौतर्फी विरोध भएपछि प्रधानमन्त्री ओली यसबाट ब्याक भएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *