अध्यादेश फिर्तालगत्तै देउवा र ओलीबिच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री ओलीले बोलाएपछि सभापति देउवा आज (शुक्रबार) बालुवाटार पुगेका हुन् ।

सरकारले ल्याएका राजनीतिक दल र संवैधानिक परिषदसँग सम्बन्धित दुई अध्यादेश फिर्ता गर्ने निर्णय गरेको केही बेरमै प्रधानमन्त्रीले छलफलका लागि सभापति देउवालाई बालुवाटार बोलाएर छलफल गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *