देशभर ४७ हजार ४९६ जनाको कोरोना परीक्षण, १२ हजार बढी क्वारेन्टाइनमा

काठमाडौं । शुक्रबारसम्म ४७ हजार भन्दा बढीको कोरोना भाइरस परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज (शुक्रबार) आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले यसबारे जानकारी दिएका हुन् । उनका अनुसार पीसीआर र आरडीटीबाट ४७ हजार ४९६ जनाको कोरोना परीक्षण गरिएको छ ।

पछिल्लो २४ घण्टामा मात्रै ३ हजार ७९१ जनाको परीक्षण गरिएको उनले जानकारी दिए । देशभर १२ हजार ९८५ क्वारेन्टाइनमा छन् भने आइसोलेसनमा ९३ जना रहेको प्रवक्ता देवकोटाले बताए ।

त्यस्तै प्रवक्ता देवकोटाले औषधिको मूल्य वृद्धि नभएको पनि जानकारी दिएका छन् । आफूखुशी मूल्य बढाए कारावाही गर्ने समेत उनले चेतावनी दिएका छन् ।

‘औषधिको मूल्य बढेको गुनासो आएका छन् । अनुगमन भइरहेको छ, बढाएको पाइएमा कडा कारवाही हुनेछ’, उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *