‘जरायोको सुकुटी खान’ निम्ता दिने युवक पक्राउ

काठमाडौं । सामाजिक सञ्जालमा जरायोको मासु खान निम्ता दिने दाङका एक युवक पक्राउ परेका छन् । जिल्लाको गढवा गाउँपालिका वडा नम्बर ६ का ३५ वर्षीय शिवराज पुन पक्राउ परेका हुन् ।

राज पुन नामक फेसबुकमा मासु पकाउँदै गरेको तस्विरसहित शिवराजले लेखेका थिए– ‘लकडाउनको टाइम पास । आजको नास्ता जरायोको सुकुटी । वेलकम माई हाउस ।’

संरक्षित जनावर जरायोबारे संरक्षणकर्मीहरुले त्यस्ताे स्टाटस देखेपछि वन कार्यालयलाई जानकारी गराउँदै अनुसन्धानको माग गरेका थिए । त्यसबारे बुझ्न शुक्रबार प्रहरीले उनलाई पक्राउ गरेको हो ।

पक्राउ गरी वन कार्यालयको जिम्मा लगाएको र अनुसन्धानमा उनले जरायोको नभइ राँगाको मासु पकाएको खुलेपछि आवश्यक परेका बेला उपस्थित हुने शर्तमा छोडिएको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ ।

पक्राउपछि पुनले स्टाटस डिलेट गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *