तीन हप्ताकी बच्चीले जितिन् कोरोनाविरुद्धको लडाईं

काठमाडौं । स्कटल्याण्डकी ट्रेसी मेग्वायर त्यो समय सम्झिन्छिन् जब उनले आफ्नी तीन हप्ताकी बच्चीको नाकमा कोरोना भाइरसको परिक्षणका लागि स्वाब हाल्दै गरेको देखेकी थिइन् ।

उनलाई त्यो दृश्य निकै चोट दिलाएकाे थियो । उनी भन्छिन्– ‘यो पहिलो पटक थियो जब मैले मेरी बच्चीको आँखामा आँशु देखेँ । मैले उसलाई समातेर राखेकी थिएँ । म पनि रोएको थिएँ ।’

समय नै नपुगी जन्मिएका कारण शिशु मात्र डेढ किलोको थियो । उनी तीन हप्ताकी थिइन् जब उनलाई कोरोना पोजिटिभ देखियो । २९ मार्चमा उनको जन्म भएको थियो । उनी समयभन्दा ८ हप्ता पहिले नै जन्मिएकी थिइन् ।

पहिले बच्चीमा कोरोनाको केही लक्षण देखा परेको थियो । सामान्य थियो, कोरोना भनेर पहिचान गर्न मुश्किल थियो । उनी सबैभन्दा कम उमेरकी कोरोना संक्रमित बनिसकेकी थिइन्, यो खबर निकै दुःखद थियो विश्वभरमा ।

अहिले उनी उपचारपछि निको भएकाे बीबीसीले उल्लेख गरेकाे छ । अपरेशनपछि १४ दिनसम्म बच्चीसँग अलग रहन सुझाव दिएका छन् । यद्यपी ट्रेसीको आग्रहमा डाक्टरले उनलाई बच्चीको स्याहार गर्न अनुमति दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *