कोरोनाका कारण किसानको उठीबास हुने र सहरमा महंगी बढ्ने पक्का

भरतराज शर्मा(गोपाल) मोरङ धनपालथान । स्वादिलो तरकारी जब तपाँई खानुहुन्छ त्यही तरकारी फलाउने किसानको जिवन कस्तो हुन्छ भनेर हामीले कहिले कल्पना पनि गरेका छौं? अर्को प्रश्न यो पनि छ कि जव अन्न फलाउने अन्नदाता माथि नै भोकमरीको संकट छ भने त्यो समग्र राष्ट्रको भोक सोही अन्नदाताले कसरी मेटाउन सक्छ भनेर ? प्रश्न गम्भीर छ ।

ठुलठुला सहर जहा एक किलो तरकारी किन्न तपाई समान्यता ३० रुपैया तिर्नुहुन्छ गाउघरमा त्यही तरकारी उत्पादन गर्ने किसानहरुले २ रुपैया समेत नपाएको सुन्दा तपाईको मनमा कस्तो प्रतिकृया उठ्छ होला ? हो आज उनै गाउका किसानले आफुले उत्पादन गरेको तरकारीको ५ रुपैया समेत पाउन नसकेको किसान दाजुभईहरुको कुरा गर्दैछौ हामी ।
गाउबाट उत्पान भई हरेक दिन सहरका कुुना काप्चा जाने तरकारीमा किसानहरुले अहिले आएर किलोको ५ रुपैया पाउन समेत हम्य हम्य पर्ने गरेको छ ।
त्यसै कारण पनि होला किसानहरुको घर गोदाममा हजारौ क्न्टिल तरकारी तथा फलफुल त्यसै थन्किएको छ । किसानहरुले तरकारी धेरै दिन बिना कोल्ड स्टोर आफना घरैमा राख्दा उनीहरुले उत्पादन गरेको तरकारी तथा फलफुल पहिलो तथा कुहिने अबस्थामा पुगेको छ ।
एकातिर किसानले आफना खेतबारीबाट तरकारी घरमा ल्याई थन्काईएको छ भने अर्कोतिर लकडाउनमा उनीहरुको तरकारी कसैले किन्नु त के हेर्न समेत नआउने गरेको अबस्थाको सिर्जना भएको छ ।
किसानहरुले आफनो खेतबारीबाट हजारौ क्न्टिल तरकारी घरमा ल्याई राखेको छ । कोरोनाको महामारीको बन्दी र त्यसका प्रभावका कारण कसैले ती किसानहरुको तरकारीको बारेमा सोध्न समेत गएको छैन र जादैन पनि ।
छुवाछुत जस्तै भएको कोरोना महामारीका कारण एकले अर्कासंगको नजिक बसी नसक्नुका भएको यस्तो अबस्थामा किसानले उत्पादन गरेको तरकारीलाई कोही हेर्ने समेत गरेको छैन । हजारौ हजार क्न्टिल तरकारी किसानले आफनो घरमा थन्काए पनि लकडाउनमा किन्ने बेच्ने भने कोही छैन ।
किसानहरुले आफनो घरमा घरपालुवा जनावर राख्ने ठाउमा समेत जनवार बाहिर राखेर त्यहा तरकारी तथा फलफुल नै थन्काएर राखेका छन । तर बिडम्बना सो तरकारीको बारेमा यो समयमा कसैले पनि एक पटक सोध्न सम्म पनि नपुग्ने अबस्थाको श्रृजना भएको किसानहरुको पिडा र गुनासो छ ।
जसका कारण मोरङ धनपालथान गाउपालिका वडा नं ७ कमलपुर गाउका कृषक अरुण कुमार सिंहले आफनो बारीमा फलाएको हजारौ क्न्टिल तरकारी त्यतीकै खेतबारीम समेत कुहाएर राख्नु परेको बताउछन । उनले आफनो बारीमा सय क्न्टिल जती फलेको टमाटर,बन्दा कोभी,खोर्सानी लगायतका फलाए पनि अहिले लकडाउनका कारण कसैले किन्न नपुग्दा उनको ६ देखी ८ लाख रुपैया सम्मको तरकारी खेर गईरहेको छ । पहिला त लकडाउन नहुदा बारीमै किन्न आउथ्यो त्यती मात्र नभई बिराटनगरका गुदरी बजारमा समेत बेच्ने गरको थिए तर अहिले ब्यापारीहरुले पनि तरकारी किन्दैन उनले भने ।
देशमा फैलिएको महामारीका कारण पनि किसानहरुको खेतबारीमा उनीहरुले गरेको मेहनत र शहरीया जनतालाई महगीको महामारीबाट बचाउन आशा भरोसाको पिडा समेत बनीरहेको छ ।
लकडाउनले किसानरुलाई यस्तो पिडा रहेको छ कि किसानहरु बिशस र लाचार छन । उनीहरु बुुझन सकिरहेको छैन कि अब लाखौ मुल्य पर्नै तरकारीको उनीरुले के गरुन भनेर रु सहर बजारमा जुन तरकारी ३० रुपैया प्रति किलो किन्नुहुुन्छ त्यो तरकारी मोरङ धनपालथान गाउपालिकाका वडा नं ७ का अरुण कुमार सिंह,मानिकचन्द्र सिंह तथा चनदेश्वर सिंह जस्तो किसान आफनो बारीमा लगाएको हजारँै हजार क्न्टिल तरकारी सितैमा दिने राजी हुने अबस्थाको र्सिजना भएको छ ।
यो सुन्दा तपाईलाई रेला गरेको जस्तो पनि लाग्न सक्छ । कोरोनाका कारण तरकारी फलाउने किसानको अबस्था देशको हरेक प्रदेशमा त्यस्तै छ ।
कृषक अरुण कुमार सिंह भन्नुहुन्छ जवबाट होटल ब्यवसयी सब्जी मन्डी लगायतका स्थानहरु बन्द भएको छ । त्यही दिनदेखी तरकारीको माग पनि घटेको छ । पहिले बारीबाटै ३० देखी ५० रुपैयासम्म प्रतिकिलो बेच्ने गरेको थिए अहिले आएर घरसम्म पु¥याई दिदा पनि किलाको ५ रुपैया समेत दिने गरेको छैन जसका कारण तरकारी बेच्न मुस्किल छ ।
सिंहका अनुसार देशमा लकडाउनका कारण करिब ८० लाखको नोक्सानी समेत भएको छ । उनले प्रत्येक १ बिघामा २५ क्न्टिल तरकारी आफनो खेतबारीबाट फलाउने गरेको उनले सुनाए पनि अहिले उनको बारीमा १०० क्न्टिल जती तरकारी फलेर कुहिने अबस्थामा छ । उनले २ बिघामा तरकारी खेती गर्नै गरेका छन ।
तर लकडाउनका कारण कृषक सिंहले त्यत्रो मात्रामा फलाएको तरकारी उनले बेच्न समेत पाएको छैन । जुन तरकारी लकडाउन भन्दा पहिले खेतबारीबाट नै बिक्ने गरेको थियो । त्यो अहिले किसानले घरमा ल्याउदा पनि कुहिएर नै जाने अबस्था छ । किसानहरुले तरकारी लगाउन प्रति बिघामा लाखौ रुपैया खर्च हुने गरेको छ भने तरकारी फलाउन किसानहरुलाई करिब अढाई महिना लाग्ने गरेको छ । तर लकडाउनमा सिंह जस्तो किसानको घरको कुनै ठाउ छैन जहा तरकारी बेच्न नपाउदा भरीएको नहोस ।
किसानहरुको तरकँरी प्रायजसो गर्मी तथा बिबाह ब्रतबन्दको समयमा ग्रामीण तथा सहरी क्षेत्रमा बढी बिक्री हुने गरेको छ । किसानहरुको तरकँरी देशभरीको होटल रेष्टुरेन्टहरुमा बिभिन्न परिकार बनाउन खरिद बिक्रि हुने गरेको छ । अहिले लकडाउनको कारण बिबाह ब्रतबन्द रोकिएको छ । देशभरीको होटल रेष्टुरेन्ट बन्द छ त्यसकारण पनि तरकारी उत्पादन गर्ने किसानहरुले आफनो तरकारीको मुल्य ५ रुपैया समेत पाउन सकेको छैन ।
बास्तवीक यहि हो कि लकडाउनमा किसानहरु आफुले महिनौ मेहनत गरी लगाएका तरकारी तथा फलफुल गाईभैसी जस्ता जनावरहरुलाई खुवाउन बाध्य छन । कहि कतै तरकँरी,फलफुल र दुध बिक्री हुन नसक्दा सडकमा समेत फ्याक्न बाध्य भएका छन उनीहरु ।
गाउमा उत्पादन गरेको किसानको तरकारी बजारमा लगेर बेच्ने कोही पनि छैन जसका कारण किसानहरुको खेतबारीमा नै फलेको तरकारीमा किरा लाग्न सुरु भएको छ । त्यसैले पनि तरकारी उत्पादन गर्नै किसानहरु आफना खेतबारीाबाट तरकारी निकाली घरसम्म लागे अबस्थामा छैनन ।
उनीहरुलाई थाहा छ कि खेतबाट तरकारी काटेर घरसम्म लाने खर्चपनि यो लकडाउनमा निस्किदैन भनेर रु यसका कारण किसानले आफनो लागत खर्च समेत पाउन नसक्दा पक्कै पनि किसानहरु कर्जामा डुब्ने निश्चित छ । जसले गर्दा किसानहरु छिटटै दोश्रो प्रकारका तरकारी तथा फलफुल लगाायतका खेती गर्न नसक्नै नै हुन्छ । यसरी तरकारी तथा फलफुल उत्पादन गर्न सक्ने चक्र बन्द भयो भने माग र आपुर्तिमा आउने अन्तरले गर्दा त्यसको मार सहरी क्षेत्रलाई महगो मुल्यको रुपमा चुकाउनु पर्नै निश्चित छ ।
देशमा यस्तो अबस्था किन हुदैछ भन्ने बिषयमा हामाीले सोच्ने हो भने त्यसको एकमात्र कारण लकडाउनको कारण सहर बजारमा सब्जी बजार तरकारी पसलहरु सिमित समय सम्म खोल्नु,सबैभन्दा बढी तरकारी किन्ने होटल रेष्टुरेन्ट बन्द हुनु,एकदेखी अर्कौ जिल्ला सम्मको आयात निर्यात प्रक्रिया बन्द हुनु र सबैभन्दा बढी दिनसम्म किसानहरुले तरकारी आफनो घरमा राख्न नसक्नु नै हो ।
यता हामीले यसरी भनीरहदा प्रश्न उठछ कि यस्तो समस्या तथा समाधानको बिषयमा राष्ट्रका कृषी मन्त्रालय तथा त्यस मातहत रहेने सरोकारबालाहरु लाई थाहा छैन भनेर? यस बिषयमा सरोकारबाला सबैलाई थाहा छ तर किसानको हितमा कसैले कुनै कदम चालेको देखिदैन । यसले गर्दा आउने दिनहरुमा समग्र किसान चक्र नै उथल पुथल हुुने पनि निश्चित छ ।
त्यसैले हामी भन्छौ जतीसक्दो सरकारी स्तरबाटै किसानको खेतबारीबाटै तरकारी तथा फलफुल खरिद गरी किनबेच गर्ने ब्यवस्था मिलाउनुपर्छ ,जुन तरकारी तथा फलफुल लाई कोल्ड स्टोरमा राख्न सकिन्छ त्यसको सुबिधा सरकारले किसानहरुलाई प्रदान गर्नुपर्छ, र लकडाउनका कारण किसानहरुलाई हुने क्षतीको भरपाई सरकारले गर्नुका साथै सुरक्षाको समेत जिम्मेबारी लिई देशका हरेक किसानको तरकारी तथा फलफुल किन्ने ब्यवस्था गर्नेपर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *