लकडाउनमा बिरामीको निःशुल्क उपचार गर्दै डा.शर्मा

 

मोरङ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण गाउँमा बिरामी परेकाहरुलाई डा.सुनिल शर्माले अस्पताल लगेर निःशुल्क उपचार गरिरहेका छन् । कांग्रेस महासमिति सदस्य डा.शर्माले बिपन्न बिरामीको घर–घरमा पुगेर उनीहरुलाई अस्पताल लगी निःशुल्क उपचारको व्यवस्था मिलाउने क्रमलाई जारी राखेका हुन् ।

विराटनगर स्थित नोबेल शिक्षण अस्पतालका सञ्चालकसमेत रहेका डा.शर्माले मोरङको क्षेत्र नं.३ का गाउँ–गाउँमा पुगी गरिब, बिपन्न र उपचार गर्न नसकेर समस्यामा रहेका बिरामीहरुलाई अस्पताल ल्याई निःशुल्क उपचार गराईरहेका छन् । उनले शनिबार पनि बेलबारी–२ लालभित्तिकी ७२ वर्षीया मृगौलापीडित सोममाया तामाङलाई घरमै पुगेर उद्धार गरी अस्पताल पुर्याएका छन् । एम्बुलेन्ससहित बिरामी तामाङको घरमै पुगेका डा.शर्माले उनलाई घरबाट उठाएर उपचारका लागि नोबेल शिक्षण अस्पताल पुर्याएका हुन् ।

गत प्रतिनिधिसभा निर्वाचनमा काँग्रेसको तर्फबाट मोरङको क्षेत्र नं.३ मा उम्मेद्वारसमेत बनेका सुनिल डा.शर्माले सो क्षेत्रका गरिब, विपन्न बिरामीलाई निःशुल्क एम्बुलेन्सको व्यवस्था पनि मिलाइदिएका छन् । उनले वर्षौं अघिदेखि सो क्षेत्रका बिरामीलाई निःशुल्क एवं सहुलियतमा उपचार गर्ने व्यवस्था मिलाइरहेका छन् । केहि दिन अघि पनि डा.शर्माले सो क्षेत्रका कोरोना प्रभावित गरिब, विपन्न तथा मजदुरलाई राहत वितरणका लागि ३७ लाख ३६ हजार रकम प्रदान गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *