आज हावाहुरीसहित असिनापानीको सम्भावना, कहिले आउला मौसममा सुधार ?

काठमाडौं । नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभावका साथै बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले मौसम बदली भइरहेको छ ।

प्रिमनसुनी गतिविधि सक्रिय भएकाले बदलीसँगै मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षाको सम्भावना रहेको हो । आज देशका अधिकांश स्थानमा बदली भएको छ भने आगामी दुई दिन देशभर बदलीसँगै वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी वायु र स्थानीय वायुको प्रभाव कायमै रहेको र नेपालमा बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा प्रवेश गरेकाले बदलीसँगै वर्षाको भइरहेको हो । महाशाखाका अनुसार विगत केही दिनयतादेखि दिउँसोको समयमा घाम नलागेकाले अधिकतम तापक्रम घटेका कारण चिसो महसुस भएको छ ।

यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमानः-

बैशाख १४ गते (आईतबार)

दिउँसोः देशभर सामान्य बदली रही केहि स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग / असिना र हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

रातीः देशभर सामान्य बदली रही केहि स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग / असिना र हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

बैशाख १५ गते (सोमबार)

दिउँसोः देशभर सामान्य बदली रही अधिकांश स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग / असिना र हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

रातीः देदेशभर सामान्य बदली रही अधिकांश स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग / असिना र हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

बैशाख १६ गते (मंगलबार)

दिउँसोः देशभर सामान्य बदली केहि स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग / असिना र हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

रातीः देदेशभर सामान्य बदली केहि स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग / असिना र हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *