हिमानी ट्रष्टले बाँड्यो कोरोना सुरक्षा सामग्री

काठमाडौं । हिमानी ट्रष्टले कोभिड १९ विरुद्ध अग्रपंक्तिमा रहेर कार्य गर्ने स्वास्थ्यकर्मी, प्रहरी, संचारकर्मी, कर्मचारी र जनप्रतिनिधिहरुलाई अत्यावश्यक सुरक्षा सामग्रीहरु पिपिई, मास्क, पञ्जा, स्यानीटाईजर लगायत वितरण गरेको छ ।
आज हिमानी कोषले काठमाडौं मेडिकल कलेजलाई आवश्यक सामग्रीहरु प्रदान गरेको हो । हिमानी कोषकी उपाध्यक्ष पे्ररणा राज्य लक्ष्मी देवी सिंहले उक्त सामग्रीहरु हस्तान्तरण गरिन् ।

साथै सोही कार्यक्रममा २० संचारमाध्यमका संचारकर्मीलाई समेत आपतकालिन समयमा आवश्यक सामग्री प्रदान गरिएको थियो । राहत वितरणकालागि आज कोषको कार्यालय बालुवाटारमा राखिएको कार्यक्रममा बोल्दै काठमाडौं मेडिकल कलेजकी प्रमुख प्राध्यापक डा. चन्दा कार्कीले नेपालमा समाजसेवा प्रति राजसंस्थाले खेलेको भुमिका अतुलनीय भएको उल्लेख गरिन् । उनले राजपरीवारले आफ्ना परिवारका सदस्यको जन्म जयन्तीका पालामा भएको समाजसेवा र उनीहरुको देश प्रतिको लगावलाई कुनै शब्दले व्याख्या गर्न नसक्ने बताइन् ।

कार्यक्रममा बोल्दै हिमानी कोषकी कोषाध्यक्ष शिताष्मा राज्य लक्ष्मीदेवी शाहले हिमानी कोषले देशका नागरिकलाई असजिलो परेका समयमा सधैँ तत्परताका साथ सहयोग गरेको र कोभिड १९ का कारण उत्पन्न महामारी विरुद्धपनि कोषले उत्तिकै सहयोग गरिरहेको र अझपनि भोक र रोगबाट ग्रसितहरुलाई आवश्यक खाद्यान्न र औषधी उपचारमा समेत सहयोग जारी राख्ने बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *