कोरोना सामग्री खरिद प्रकरणमा स्वास्थ्य मन्त्रालयलाई सात दिनभित्र कागजात सहित उपस्थित हुन लेखाको निर्देशन

काठमाडौं । कोरोना सामग्री खरिदमा अनियमितता भएको भन्दै प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले छानविन थालेको छ । विवादास्पद ओम्नी समूहसँग स्वास्थ्य सामाग्री खरिद गर्दा अनियमिता भएको भन्नेबारे समितिले छानविन थालेको हो ।

लेखा समितिका सभापति भरतकुमार शाहले अनियमितता भयो भनेर पत्रपत्रिकामा आइरहेकाले के रहेछ भनेर बुझ्न खरिद प्रक्रियामा जोडिएका सबै कागजात मागेकाे बताए । ‘म कार्यालय गएको थिएँ। केही माननीयज्यूहरु पनि उपस्थित हुनुहन्थ्यो। सरसल्लाह गरेपछि कागजात मगाउने निर्णय भएको हो ।’कागजात मगाउनकै लागि समितिमा निर्णय गर्न नपर्ने उनले बताए।‘कागजात आएपछि त्यसलाई समितिमा पेश गरेर थप अघि बढ्छौं।’ उनले भने ।

स्वास्थ्य सेवा विभागले कोरोना भाइरस (कोभिड–१९) को उपचारका लागि ओम्नी विजनेश कर्पोरेट इन्टरनेशनलसँग स्वास्थ्य सामाग्री खरिदको सम्झौता गरेको थियो । ओम्नीले चीनबाट पहिलो लट सामान ल्याएसँगै महंगो मुल्यमा कोरोना सामग्री खरिद गरिएको भन्दै सम्झौतामा ठूलो विवाद पर्यो ।

सरकारले सवा अर्ब बराबरको खरिद प्रक्रिया विना प्रतिस्पर्धा नजिकका ब्यवसायीलाई दिएको भन्दै चौतर्फि विवाद उत्पन्न भएको थियो । सञ्चार माध्यमले ओम्नी ग्रुपका एकपछि अर्को रहस्य सार्वजनिक गरेपछि सरकारले हतारहतार ओम्नीसँगको सम्झौता रद्द गरेको थियो ।

कोरोना सामग्री खरिदमा छानविन गर्न आवश्यक देखिएको लेखा समितिले जनाएको छ । समितिले यसका लागि खरिद प्रक्रियामा भएको सबै कागजपत्र सात दिनभित्र उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयलाई पत्र पठाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *