आफूलाई अपहरण गरेको भन्दै सांसद यादवले दिए प्रहरीमा उजुरी

काठमाडौं । जनता समाजवादी पार्टीका सांसद सुरेन्द्र यादवले आफूलाई अपहरण गरेको आरोप लगाउँदै पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, सत्तारुढ नेकपाका सांसदहरू महेश बस्नेत र किसान श्रेष्ठविरुद्ध प्रहरीमा उजुरी दिएका छन् ।

जनता समाजवादी पार्टीका नेताहरू बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, शरदसिंह भण्डारीसहित आइतबार दिउँसो सांसद यादव उजुरी दर्ता गर्न महानगरीय प्रहरी परिसर काठमाडौं पुगेका हुन् । यादवले अपहरण र शरिर बन्धक बनाएको भन्दै किटानी जाहेरी दिएका छन् ।

पूर्वप्रहरी महानिरीक्षक खनालसहित दुई सांसदले पार्टीको आग्रहमा समाजवादी पार्टी फुटाल्नका सांसद तथा पूर्व स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादवलाई निवासबाटै अपहरण गरेर काठमाडौँ ल्याएको आरोप लगाउँदै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *