वैशाख २५ सम्म लम्बियो लकडाउन
मकालु खबर
२०७७ वैशाख १४ गते
काठमाडौं । आज (आइतबार) बसेको मन्त्रिपरिषदको बैठकले लकडाउनलाई वैशाख २५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ ।
आज साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले लकडाउन वैशाख २५ सम्म लम्ब्याउने निर्णय गरेको हो । पछिल्लो पटक थपिएको लकडाउनको अवधि सोमबार सकिँदै थियो । चैत ११ गतेदेखि सरकारले लकडाउन सुरु गरेको हो ।
कोरोना रोकथाम तथा नियन्त्रणका लागि गठित उच्चस्तरीय समन्वय समितिको शनिबारको बैठकले लकडाउन तत्काल हटाउन नसकिने सुझाव दिएको थियो । सोही सुझाव अनुरुप आजको बैठकले जारी लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।
मकालु खबर
२०७७ वैशाख १४ गते
प्रतिक्रिया
सम्बन्धित