कोरोना संक्रमितको संख्या ३० लाख नजिक, विश्वभर २ लाख ६ हजारको मृत्यु

काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)को संक्रमणबाट मृत्यु हुनेको संख्या अझै घट्न सकेको छैन । संक्रमणबाट विश्वभर २ लाख ६ हजार बढीको मृत्यु भएको छ ।

पछिल्लो तथ्याङकअनुसार आज बिहानसम्म कोभिड-१९ का कारण मृत्यु हुनेको संख्या विश्वभर २ लाख ६ हजार ९ सय ७३ पुगेको छ । चीनको हुबेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर अन्तिममा फैलिएको कोरोना संक्रमितको संख्या २९ लाख ९४ हजारभन्दा धेरै छ भने संक्रमितमध्‍ये हालसम्म ८ लाख ७८ हजार निको भएका छन् ।

सबैभन्दा बढी प्रभावित बनेको अमेरिकामा पछिल्लो २४ घण्टामा १ हजार १४० जनाको मृत्यु भएको छ । योसँगै कोरोनाको संक्रमणबाट अमेरिकामा मृत्यु हुनेको संख्या ५५ हजार ३९६ पुगेको हो । त्यहाँ संक्रमित हुने मानिसको संख्या ९ लाख ८६ हजार ८१८ पुगेको छ भने संक्रमितमध्ये १ लाख १८ हजार ७७७ जना उपचारपछि निको भएका छन् ।

इटालीमा भने मृत्यु हुने मानिसको संख्या क्रमिक रुपमा घट्दै जान थालेको छ । आइतबार थप २६० जनाको मृत्युभएपछि इटालीमा मृतकको संख्या २६ हजार ६४४ पुगेको छ । यसअघि शनिबार त्यहाँ ४१५ जनाको मृत्यु भएको थियो ।

मृतकको संख्या घट्दै गएपनि संक्रमितको संख्यामा भने खासै सुधार हुन सकेको छैन । शुक्रबार २ हजार ३५७ जना नयाँ संक्रमित देखिएकोमा पछिल्लो २४ घण्टामा पनि त्यहाँ २ हजार ३२४ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमित हुने मानिसको संख्या १ लाख ९७ हजार ६७५ पुगेको छ । इटालीमा संक्रमितमध्ये ६४ हजार ९२८ जना उपचारपछि निको भएका छन् ।

स्पेनमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसले २८८ जनाको मृत्यु भएको छ भने २ हजार ८७० जना नयाँ संक्रमित थपिएका छन् । त्यहाँ मृतक र संक्रमित दुबै कम भएको छ । यसअघि शनिबार संख्या ३७८ जनाको मृत्यु भएको थियो भने ३ हजार ९९५ जना नयाँ संक्रमित थपिएका थिए । त्यहाँ १ लाख १७ हजार ७२७ जना उपचारपछि निको भएका छन् भने ८५ हजार ७१२ जना उपचाररत छन् ।

यस्तै फ्रान्समा एक लाख ६२ हजार १०० कुल संक्रमित भएका छन् भने २२ हजार ८५६ जनाको मृत्यु भएको छ । यसैबीच ४४ हजार ९०३ जना निको भएर फर्किएका छन् । बेलायतमा अहिलेसम्म एक लाख ५२ हजार ८४० कुल संक्रमित भएका छन् भने २० हजार ७३२ जनाको मृत्यु भएको छ ।

बेल्जियममा ४६ हजार १३४ कुल सङ्क्रमित भएका छन् भने ७ हजार ९४ जनाको मृत्यु भएको छ । यसैबीच १० हजार ७८५ जना निको भएर फर्किएका छन् । जर्मनीमा एक लाख ५७ हजार ७७० कुल संक्रमित भएका छन् भने ५ हजार ९७६ जनाको मृत्यु भएको छ । यसैबीच एक लाख १२ हजार निको भएर फर्किएका छन् ।

इरानमा ९० हजार ४८१ कुल संक्रमित भएका छन् भने ५ हजार ७१० जनाको मृत्यु भएको छ । यसैबीच ६९ हजार ६५७ निको भएर फर्किएका छन् । चीनमा अहिलेसम्म ८२ हजार ८३० कुल संक्रमित भएका छन् भने ४ हजार ६३३ जनाको मृत्यु भएको छ । यसैबीच ७७ हजार ४७४ निको भएर फर्किएका छन् ।

नेदरल्याण्डसमा अहिलेसम्म ३७ हजार ८४५ जना संक्रमित भएका छन् भने ४ हजार ४७५ जनाको मृत्यु भएको छ । ब्राजिलमा ६२ हजार ८५९ जना संक्रमित भएका छन् भने ४ हजार २७१ जनाको मृत्यु भएको छ । त्यस्तै ब्राजिलमा अहिलेसम्म ३० हजार १५२ जना ठिक भएका छन् ।

टर्कीमा एक लाख १० हजार १३० जना संक्रमित भएका छन् भने २ हजार ८०५ जनाको मृत्यु भएको छ । त्यस्तै २९ हजार १४० जना निको भएर फर्किएका छन् । क्यानाडामा ४६ हजार ८९५ जना संक्रमित भएका छन् भने २ हजार ५६० जनाको मृत्यु भएको छ । त्यस्तै १७ हजार ३२१ जना ठिक भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *