डा.पुनविरुद्ध स्वास्थ्य सचिवले ‘अभद्र’ बोलेको चिकित्सक संघको आरोप, निकाल्यो यस्तो विज्ञप्ति

काठमाडौं । नेपाल चिकित्सक संघले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव यादव कोइरालाले सरुवा रोग विशेषज्ञ चिकित्सकविरुद्ध अभद्र बोलेको भन्दै आपत्ति जनाएको छ ।

आज (सोमबार) एक विज्ञप्ति जारी गर्दै टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिटका संयोजक डा. शेरबहादुर पुनबारे सचिव यादवले एक अन्तर्वार्तामा दिएको अभिव्यक्ति ‘अत्यन्तै अशोभनीय र अभद्र’ भएको भन्दै चिकित्सक संघले यसमा ध्यानाकर्षण भएको जनाएको छ ।

संघले विज्ञप्तिमा भनेको छ– ‘मन्त्रालयको अभिभावकको रुपमा रहेका जिम्मेवार व्यक्तिले नै चिकित्सकहरुलाई विभेदीकरण गर्ने, स्थायी, अस्थायी वा करार भनि भेदभाव गर्ने जस्ता कार्यले स्वास्थ्यकर्मी तथा चिकित्सकहरुको मनोबललाई उच्च पार्न नसक्ने र समग्र स्वास्थ्य सेवा प्रवाहलाई नै असर पार्न सक्ने भएको हुँदा यस सम्बन्धमा गम्भीर विचार गरी अभिव्यक्ति सार्वजनिक गर्न नेपाल चिकित्सक संघ माग गर्दछ ।’

सचिव यादवले एक अन्तरवार्तामा डा. पुनबारे सोधिएका प्रश्नमा उनी करारमा नियुक्ति भएको र कुनै पनि बेला हटाउन सकिने लगायत बताएका थिए । साथै संघले करार, ज्यालादारीमा चिकित्सकहरु नियुक्त गर्नुको साटो दरबन्दी वृद्धि गरी लोकसेवा आयोगबाट स्थायी पदपूर्ति गर्नसमेत माग गरेको छ।

विज्ञप्तिः

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *