बालुवाटारमा निर्णायक वार्ताको तयारी, जम्ला त ओली र माधवको ‘केमेष्ट्रि’ ?

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा देखिएको विवाद साम्य पार्न प्रधानमन्त्री केपी शर्मा ओलीले आफू निटक नेताहरुलाई खटाएका छन्। नेपाल पक्षका नेताहरुसँग समझदारीका लागि ओलीले आफू निकट नेताहरुलाई संवाद गर्न खाटाएका हुन्।

अध्यादेश प्रकरणपछि अप्ठ्यारोमा परेका प्रधानमन्त्री ओलीले आगामी दिनमा पार्टीको विधानअनुसार आफू चल्ने र अब मिलेर अघि बढ्ने समझदारीको प्रस्ताव वरिष्ट नेता माधन नेपाललाई यसअघि पठाइ सकेका छन्। प्रधानमन्त्री ओलीका विश्वासपात्र शंकर पोखरेलले तीन दिनयता लगातार वरिष्ठ नेता नेपालसँग संवाद गरिरहेका छन्।

ओली निकट एक नेताकाअनुसार आइतबार अध्यक्ष प्रचण्डसँग पनि पोखरेलले संवाद गरेका छन्। प्रचण्डसँगको भेटमा उनले मिलेर अघि बढ्न ध्यानाकर्षण समेत गराएका थिए। तत्पश्चात नेपाल पक्षका नेताहरु पनि ओली पक्षका नेताहरुसँग समझदारीका लागि छलफलमा जुटेका हुन्। नेकपा स्रोतका अनुसार आज साझँसम्म ओली पक्ष र नेपाल पक्षका नेताहरुबीच समझदारीका लागि ‘निर्णायक छलफल’ गर्ने तयारी भइरहेको छ।

सोही अनुरोप यी दुई पक्षका नेताहरुले छलफललाई तिव्रता दिएका छन्। दुई पक्षीय नेताहरुको छलफलपछि आज अपरान्ह प्रधानमन्त्रीनिवास बालुवाटारमा ओली र नेपालबीच कुराकानी हुने नेकपा स्रोतको भनाइ छ। पार्टी एकता जोगाउन पूर्व एमालेभित्रका केही नेताहरु ओली र नेपालबीच एकखालको समझदारी गराउन दौडधूपमा लागेका छन्।

नेपाल पक्षले ओलीसँग समझदारीका केही पूर्वशर्त राखेको बताइएको छ। नेपाल पक्षले राखेका पूर्वशर्तमा सहमति जुटाउने प्रयास भइरहेको एक नेताले बताए। आइतबार माधव नेपाल पक्षका एक दर्जन नेताहरू कोटेश्वरमा गोप्य बैठक बसेका थिए। उक्त बैठकमा एक व्यक्ति एक पद हुनुपर्ने, केन्द्रीय कमिटिको बैठक बोलाउनु पर्ने, नबोलाए प्रचण्डले बोलाउने र सरकार परिवर्तनको समिकरण तयार पार्नेसम्मका कुरा भएका थिए।

स्थायी कमिटी बैठक अघि पावर सेयरिङमा एक खलको समझदारी बनाउने प्रयत्न ओली पक्षका नेताहरु लागिरहेको बताइएको छ। दुई अध्यक्षबीचको अन्तरविरोधमा नेकपाभित्रको समीकरणमा माधव नेपाल निर्णायक बनेका छन्। आज हुने भनिएको ओली र नेपाल पक्षका नेताहरुबीचको समझदारीलाई अर्थपूर्ण रुपमा हेरिएको छ। ओली र नेपालबीचमै शक्ति बाँडफाँट गरेर वर्तमान विवादलाई साम्य पार्ने प्रयत्न पूर्व एमालेभित्रका केही नेताहरुले गरिरहेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *