ओली र नेपालबीच बालुवाटारमा भेटघाट

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधनवकुमार नेपालबीच भेटघाट भएको छ। उनीहरुबीच आज बिहान बालुवाटारमा भेटवार्ता भएको हो।

भेटमा पार्टीमा देखिएको असन्तुष्टिलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा छलफल भएको नेपाल निकट एक नेताले जनाएका छन्। नेकपामा आन्तरिक विवाद पेचिलो बनिरहेका बेला दुई नेताबीच झण्डै एक घण्टा लामो छलफल भएको हो।

अध्यादेश प्रकरणपछि नेकपामा टकराव र ध्रुवीकरणको अवस्था सिर्जना भएको छ। सरकार मनमौजी ढंगले चलेको, सरकारले पार्टीका निर्देशन, विधि र पद्धतिको वेवास्ता गरेको भन्दै पार्टीभित्र असन्तुष्टि बढि रहेको छ। वर्तमान समयमा देखिएको विवाद समाधान, भावी कदम र अबका रणनीतिमा केन्द्रित रहेर नेकपाका शीर्ष तीन नेताहरुले आफ्नो पक्षका नेताहरुसँग छलफल र परामर्शमा गरिरहेका छन्।

पार्टी स्थायी कमिटीको बैठक बोलाउन नेताहरुले नेतृत्वलाई दबाब दिइरहेका छन्। ओली र नेपाल समूहले सघन संवादसमेत सुरु गरेका छन्। नेपाल समूहका एक नेताका अनुसार आन्तरिक विषयमा छलफल गर्न दुइ समूहका नेताहरुबीच संवाद सुरु हुँदैछ। नेकपा स्रोतका अनुसार ओली र नेपालबीचमै शक्ति बाँडफाँट गरेर पार्टी एकतालाई जोगाउनेबारे एक समझदारी गर्ने तयारी भइरहेको छ।

आइतबार प्रधानमन्त्री ओलीले आगामी दिनमा पार्टीको विधानअनुसार आफू चल्ने र अब मिलेर अघि बढ्ने समझदारीको प्रस्ताव वरिष्ट नेता नेपाललाई पठाएका थिए। यद्यपि नेकपा स्थायी कमिटी सदस्य डा बेदुराम भुसालले पार्टीभित्र छलफल चलिरहेको र पार्टीको बैठक लगायतका विषयमा छिट्टै ठोस निष्कर्ष निक्लने विश्वास व्यक्त गरे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *