बिरामीको मृत्यु भएको भन्दै आफन्तले घेरे मेडिकल
मकालु खबर
२०७७ वैशाख १५ गते
ध्रुवराज खनाल- चितवन । पूर्वी चितवनको कालिका–२ स्थित प्रकाश मेडिकलमा बिरामीको मृत्यु भएको भन्दै आफन्तहरुले मेडिकल घेराउ गरेका छन् । आज बिहान पेट दुखेर मेडिकल पुगेकी २५ बर्षिय निरमाया थिङको सोही मेडिकलमा मृत्यु भएको निरमायाका श्रीमान भिम मोक्तानले बताए ।
मेडिकलमा उपचारमा लापरवाही भएको र उनको थप उपचारको लागि मेडिकलले भरतपुर पठाए पनि पुरानो मेडिकलमा पुग्दा श्रीमतीको मृत्यु भइसकेको मोक्तानले बताए । पर्सा जिल्लाको ठोरी–५ सुबर्णपुर घर भएका उनिहरु हाल कालिका-१ लंकालाइनमा भाडामा बस्दै आएका थिए ।
मेडिकल सञ्चालक प्रकाश रिजालले बिरामीको पेट दुखेकोले दुखाइ कम गराउने डिक्लोफेनिक र ग्यास्टिकको सुक्राफिल औसधी दिइ भरतपुर पठाइएको बताए ।
मेडिकल सञ्चालक रिजाललाई सोधपुछका लागि ईलाका प्रहरी कार्यालय टाँँडी लगेको प्रहरीले जनाएको छ ।
मकालु खबर
२०७७ वैशाख १५ गते
प्रतिक्रिया
सम्बन्धित