नबिल बैङ्कको ‘ई@नबिल कर्पोरेट इन्टरनेट बैङ्किङ सेवा सुचारु

काठमाडौं । नबिल बैङ्कले ‘ई@नबिल कर्पोरेट इन्टरनेट बैङ्किङ’ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले विश्वव्यापी रूपमा फैलिएको कोभिड-१९ महामारीको समयमा सुरक्षित कारोबारको सुविधा प्रदान गर्ने उद्देश्यले यस्तो सेवा ल्याएको हो ।

‘ई@नबिल एसएमई, मिड कर्पोरेट तथा ठूला कर्पोरेटहरूलाई प्रदान गरिने इन्टरनेट बैङ्किङ सेवा हो । ‘ई@नबिलमार्फत बैङ्कका ग्राहकले नबिल बैङ्कमा खाता भएका आफ्ना ग्राहकहरूलाई स्वयं नै रकम भुक्तानी गर्न सक्ने छन् ।

यस्तै ग्राहकले देशका अन्य बैङ्क तथा वित्तीय संस्थाहरूमा रहेका खातामा पनि सजिलै भुक्तानी गर्नसक्ने छन् । साथै बैङ्क शाखामा नआई आफ्नै कार्यालयबाट थोक भुक्तानीहरूसमेत गर्न सक्ने बैङ्कले जनाएको छ ।

नबिल बैंकका प्रमुख कार्यकारी अध्यक्ष, अनिल केशरी शाहले ई@नबिल व्यवसायिक ग्राहकवर्गलाई सरल, सहज र छिटो वित्तीय सेवा प्रदान गर्ने उत्कृष्ट प्रणाली भएकोे बताएका छन् । यस प्रणाली मार्फत ग्राहकले सजिलै छोटो समयमा स्वयम् नै रकमान्तरण गर्न सक्नेछन् तथा अब वित्तीय कारोबार गर्न नियमित बैंकमा आइरहनु नपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *