ग्लोबल मार्केटिंगको अध्यक्ष पदमा ‘लाई ल्यू’ नियुक्त

काठमाडौं । ओपोले ‘लाई ल्यू’लाई ग्लोबल मार्केटिंगको रुपमा नियुक्त गरिएको घोषणा गरेको छ । उनले चीनका सीएमओका रुपमा समेत रहँदै ओपोका प्रमुख कार्यकारी अधिकृत तथा संस्थापक टोनी चन्लाई डाइरेक्ट रिपोर्टिंग गर्नेछन् ।

कम्पनीका ग्लोबल मार्केटिंगका निवर्तमान अध्यक्ष ब्रायन शिनले सोही मितिदेखि व्यक्तिगत स्वास्थ्य अवस्थाका कारण आफ्नो पदबाट स्टेप डाउन गरेको जानकारी पनि दिइएको छ ।

आईडीसीका अनुसार सन् २०१९मा ओपोको शिपमेन्ट वैश्विक रुपमा ११४.३ मिलियन पुगेको छ । यसका साथै, ८.३ प्रतिशत बजार हिस्साका साथमा ओपो ग्लोबल स्मार्टफोन मार्केटमा पाँचौ स्थानमा रहन सफल रहेको छ ।

हाल ओपोको प्रमुख लक्ष्य ग्लोकलाईजेसन हो । ओपोका लागि वैश्विक बजारमा उपस्थिती उत्पादनको बिक्रीका लागि मात्र नभइ संघटन/एकीकरण तथा वैश्विक संसाधनको उपयोग गर्दै हरेक बजारमा आफ्नो प्रतिवद्धतालाई थप गहिराइ प्रदान गर्नु रहेको छ ।

ओपोले आफ्ना प्रमुख बजारहरुमा ग्लोकलाइजेसन क्षमतामा विस्तार गर्दै आफ्ना उपभोक्तालाई अझ उत्कृष्ट सेवा तथा उत्पादन उपलब्ध गराउने भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *