‘पार्टी एकता जोगाउन गम्भिर र जिम्मेवार बनौं’

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य शंकर पोखरलले पार्टी एकता जोगाउन नेतृत्व गम्भिर र जिम्मेवार बन्नुपर्ने बताएका छन्। मंगलबार सामाजिक सञ्चाल फेसबुकमार्फत उनले नेकपासँग लाखौं कार्यकर्ताको भविष्य जोडिएको पार्टी एकता जोगाउन गम्भिर र जिम्मेवार हुन आग्रह गरे।

प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वासपात्र रहेका पोखरेल पछिल्लो समय पार्टीभित्र देखिएको अन्तरविरोध र शीर्ष नेताहरुबीचको दुरी कम गर्न प्रयत्न गरिरहेका छन्। उनले नेकपाका शीर्ष नेताहरुसँग छलफल गरिरहेका छन्। दुई अध्यक्षबीचको अविश्वास र बढ्दो दूरीले पार्टी एकता दुर्घटनामा पर्न सक्ने भएकोले कमी–कमजोरी सच्याउन बाक्लो संवादमार्फत हल गर्न सुझाब दिएको उनी निकट नेता बताउँछन्।

मंगलबार पाँच नम्बर प्रदेशका मुख्यमन्त्री पोखरेलले भनेका छन्, ‘पार्टी एकताको मूल मर्म सहमति र सहकार्य हो। लाखौं कार्यकर्ताको भविष्य जोडिएको पार्टी एकता जोगाउन नेतृत्व गम्भीर र जिम्मेवार हुने नै छ।’ पूर्वएमाले समूहबीचको एकता बलियो हुँदा मात्र पार्टी एकता पनि बलियो हुने भन्दै पोखरेल पूर्वएमालेका नेताहरुसँग निरन्तर संवादमा रहेको बताइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *