पार्टी बैठक बोलाउनेबारे छलफल गर्न बालुवाटार पुगे प्रचण्ड

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता सुरु भएको छ। सचिवालय र स्थायी समितिको बैठक बोलाउनेबारे छलफल गर्न प्रधानमन्त्री ओलीले मंगलबार दिउँसो प्रचण्डलाई बालुवाटार बोलाएका हुन्।

सअघि २० जना स्थायी कमिटी सदस्यहरूले स्थायी कमिटी बैठकको माग गरी अध्यक्षद्वयलाई पत्र पठाएका थिए। प्रचण्डसहित सचिवायलयका सदस्यहरूसँग छुट्टाछुट्टै भएको भेटमा प्रधानमन्त्री ओलीले तत्काल सचिवालय बैठक बोलाउन जरूरी नरहेको बताएका थिए।

उनीहरुबीच पछिल्लो राजनीतिक परिस्थितिका बारेमा कुराकानी भइरहेको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए। अध्यादेश प्रकरणपछि नेकपाभित्र अन्तरकलह झाँगिएको छ। अध्यादेश फिर्तापश्चात् पनि नेकपाको विवाद मत्थर भएको छैन। विवाद समाधानका लागि सोमबार ओली समूह र वरिष्ठ नेता माधव नेपाल समूहबीच कोटेश्वरमा वार्ता भएको थियो।

उनीहरूबीच मंगलबार सचिवालय बोलाएर स्थायी कमिटी बैठकको मिति तय गर्ने विषयमा कुराकानी भएको थियो। तर अहिलेसम्म सचिवालय कति बेला बस्ने तय भएको छैन। प्रचण्ड र ओलीको भेटपछि सचिवालयको बैठक बोलाउन सक्ने संभावना रहेको नेकपा स्रोतको भनाइ रहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *