उद्योग वाणिज्य महासंघका सुदूरपश्चिम अध्यक्ष बोगटी पक्राउ
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
२०७७ वैशाख १६ गते
![उद्योग वाणिज्य महासंघका सुदूरपश्चिम अध्यक्ष बोगटी पक्राउ](https://www.makalukhabar.com/wp-content/uploads/2020/04/arrest.png)
कैलाली । प्रहरीले उद्योग वाणिज्य महासंघ सुदूरपश्चिमका अध्यक्ष शंकर बोगटीलाई नियन्त्रणमा लिएको छ ।
लकडाउनको समयमा मध्यरातमा मदिरा सेवन गरी सडकमा राखिएका ट्राफिक डिभाइडर फुटाएको आरोपमा अध्यक्ष बोगटीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
कोरोनाको कारणले थुनामा राख्न नसकिने भन्दै प्रहरीले उनलाई राति १ बजे नै परिवारको जिम्मा लगाएको थियो । बोगटीलाई थुनामा नराखी उनीविद्ध अभद्र व्यवहारमा मुद्दा चलाउने प्रहरीको तयारी छ ।
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
२०७७ वैशाख १६ गते
प्रतिक्रिया
सम्बन्धित