बहराइनमा एकैदिन ७७ नेपालीमा कोरोना पुष्टि, संक्रमितको संख्या १२६ पुग्यो
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
२०७७ वैशाख १७ गते
![बहराइनमा एकैदिन ७७ नेपालीमा कोरोना पुष्टि, संक्रमितको संख्या १२६ पुग्यो](https://www.makalukhabar.com/wp-content/uploads/2020/04/baharain-embassy_makalukhabar.jpg)
काठमाडौं । बहराइनमा एकैदिन ७७ जना नेपाली कामदार कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । त्यहाँस्थित नेपाली दूतावासका अनुसार फरक फरक ४ कम्पनीमा कार्यरत ७७ नेपालीमा एकै दिन कोरोना संक्रमण पुष्टि भएको हो ।
उनीहरुमध्ये एउटा सुपरमार्केट र ३ विभिन्न कम्पनीमा कार्यरत नेपाली हुन् । एकैदिन ७७ जना थपिएसँगै बहराइनमा संक्रमित हुने नेपालीको संख्या १ सय २६ पुगेको बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले जानकारी दिए । ४९ जना नेपालीमा यसअघि नै कोरोना सङ्क्रमण देखिएको थियो ।
दूतावासका अनुसार बहराइनमा झण्डै ३० हजार नेपाली श्रमिक कार्यरत छन् । बहराईनमा मंगलबारसम्म १५ सय ५६ जनामा कोरोना संक्रमण भेटिएको र ८ जनाको मृत्यु भएको छ ।
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
२०७७ वैशाख १७ गते
प्रतिक्रिया
सम्बन्धित