९८ वर्षका डाक्टर, जो निरन्तर कोरोना संक्रमित बिरामीको सेवामा छन्

काठमाडौं । यतिबेला विश्व बिरामी छ । कोरोना भाइरस (कोभिड १९) संक्रमणको त्रासमा बाँचिरहेका छन् मानिसहरु । विश्वभरका चिकित्सकहरु एकजुट भएका छन् ।

रिटायर्ड भएका डाक्टरहरु समेत नागरिकको जीवन रक्षाका लागि पुनः सेवामा फर्किएका छन् । फ्रान्सका एक वृद्ध चिकित्सक डा. क्रिस्टियन चेने पनि कोरोना संक्रमित बिरामीको सेवामा निरन्तर खटिरहेका छन् ।

उनी फ्रान्सका वृद्ध चिकित्सक मध्येका एक हुन् । जीवनकालको ७० वर्ष बिरामीको सेवामा खटिएका उनी भन्छन्, ‘अझै पेरिसका केही बेवास्तामा परेका बस्ती, उपनगरमा बस्ने मानिसलाई सहयोग गर्न चाहन्छु।’

चेनेले ७० वर्ष अगाडि जेनरल फिजिसियन भएर ‘भाल–डे मर्ने’ क्षेत्रमा काम सुरु गरेका थिए। उनले आफ्नो छोरालाई पनि कामबाट निकालेका थिए, चेनेका छोरा पनि चिकित्सक हुन्, उनी ६७ वर्षमा रिटायर भएका थिए। तर डा. चेने भने निरन्तर नागरिकको सेवामा छन् ।

फ्रान्समा काेराेना संक्रमणबाट २३ हजार ६ सय ६० जनाको ज्यान गइसेको छ भने एक लाख ६५ हजार ९ सय ११ बिरामी छन् । पछिल्लो तथ्याङकअनुसार आज बिहानसम्म कोभिड-१९ का कारण मृत्यु हुनेको संख्या विश्वभर २ लाख १७ जार ९ सय ६८ पुगेको छ भने ३१ लाख ३८ हजारभन्दा धेरै संक्रमित भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *