नेकपा विवाद सुल्झाउने घनश्याम भुषालका तीन उपाय

काठमाडौं। नेकपा स्थायी कमिटी सदस्य एवं कृषि मन्त्री घनश्याम भुषालले पार्टी एकता बचाउन संवादमा जोड दिन आग्रह गरेका छन्। सामाजिक संजाल फेसबुकमा मन्त्री भुषालले नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको र पार्टी विभाजनसम्मको खतरा रहेको संकेत पनि गरेका छन्।

उनले पार्टीभित्र देखिएको समस्या समाधानका तीन उपाय सुझाएका छन्। उनले फेसबुकमा लेखेका छन्, ‘समस्याले उपयुक्त समाधान खोज्छ। अनुपयुक्त र गलत प्रयासले समस्यालाई झनै बढाउँछ। पार्टीको एकता बचाउन, लोकतन्त्र र समाजवादका मूल्यहरुको जगेर्ना गर्न पहिलो-नहडबडाउँ, दोस्रो-संवाद गरौं र तेस्रो- संस्थागत प्रणालीभित्रै समाधान खोजौं। मुलुकले सबै कमरेडहरुबाट जिम्मेवारी बोधको ऐतिहासिक गम्भीरता माग गरेको छ।’

समस्याको उपयुक्त समाधान खोज्ने अनुपयुक्त र गलत प्रयासले समस्यालाई झनै बढाउने उनको भनाइ छ। पार्टी विभाजनको संकेत समेत देखिएपछि नेता भुसालले विगतमा कम्युनिस्ट पार्टीका फुटले ल्याएको अस्थिरता स्मरण गराएका छन्। उनले २०५४ सालमा नेकपा एमाले लोकप्रियताको शिखरमा रहँदा फुटेपछि २०४७ सालको प्रजातन्त्र अस्थिर हुँदै गएको उल्लेख गरेका छन्।

‘२०५४ सालमा नेकपा एमाले लोकप्रियताको शिखरमा थियो, फुट्यो । र, २०४७ सालको प्रजातन्त्र अस्थीर हुँदै गयो । २०६४-६५ मा नेकपा माओवादी प्रलयकारी शक्तिकासाथ अगाडि आयो । र, विभाजनको प्रक्रियामा गयो । आज नेकपा असाधारण शक्ति र प्रभावकासाथ उपस्थित छ। र, यसमा समस्या थपिँदै गएका छन्,’ नेता भुषालले भनेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *