टायरमा हावा भर्ने क्रममा भारतीय नागरिकको मृत्यु 

विराटनगर । टायरमा हावा भर्ने क्रममा एक भारतीय मृत्यु भएको छ । विराटनगर–१३ स्थित साल्ट टे«निङ दक्षिण मलाय रोडमा ट्याक्टरको टायरमा हावा भर्ने क्रममा बुधबार २५ वर्षिय मोहमद हैदर अलिको घटनास्थलमै मै मृत्यु भएको हो ।

उनी भारतको विहार समस्तीपुर घर भएपनि हाल विराटनगर डेरा गरी बस्दै आइरहेको थिए । विराटनगर–१४ का दिपक याादवको टयाक्टरको टायरमा हावा भर्ने क्रममा टायरभित्र रहेको फलाम उछिटिएर टोउकोमा लागि अलिको घटना स्थलमा नै ज्यान गएको स्थानिय विरेन्द्र यादवले जानकारी दिए ।

मृतक अलि एक वर्षदेखि सो स्थानमा टायरमा हावा हाल्ने काम गर्दै आइरहेका थिए । उनको एक श्रीमती र एक छोरा छन् । अलिको शवलाई कोशी अस्पताल विराटनगरमा पोष्टमार्टका लागि लगिएको ईलाका प्रहरी कार्यालय रानी विराटनगरका प्रहरी निरीक्षक दिपक थापाले जनकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *