श्री बंगलामुखी न्यूरो सोसाईटीद्धारा ‘प्रहरीको साथी म’ लाई पीपीई हस्तान्तरण
विराटनगर । श्री बंगलामुखी न्यूरो सोसाईटीले ‘प्रहरीको साथी म’ लाई १० थान पीपीई हस्तान्तरण गरेको छ ।
कोरोना भाइरस संक्रमणको उच्च जोखिमलाई मध्यनगर गर्दै सरकारले घोषणा गरेको लकडाउनमा प्रहरीसँगै सुरक्षामा साथ दिइरहेका ‘प्रहरीको साथी म’ लाई बुधबार १० थान पीपीई हस्तारण गरिएको हो ।
विराटगर वडा नम्बर १० बंगलामुखि टोलमा जनताको सुरक्षाका लागि प्रहरीसँग खटिएका ‘प्रहरीको साथी म’ मा आबद्ध १० जनालाई जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले १० थान पीपीई वितरण गरेका थिए ।
जनताको सुरक्षाका लागि खटिएका ‘प्रहरीको साथी म’ लाई स्वयम सुरक्षित रहनका लागि पीपीई मोरङ प्रहरी प्रमुख एसपी अधिकारीले बताए ।
लकडाउनलाई सहयोग पु¥याउन जिल्ला प्रहरी कार्यालय मोरङले ‘प्रहरीको साथी म’ लाई परिचालन गर्नु शान्दर्भिक र प्रशंसनीय रहेको श्री बंगलामूखी सोसाइटीका संयोजक सुरेस लाल श्रेष्ठले बताए । आफ्नो वडामा खटिएका १० ‘प्रहरीको साथी म’ लाई चस्मा, गाहुन, हेडक्याप लगायतका १० थान पीपीई हस्तानतरण गरिएको श्रेष्ठले बताए ।