घरमै बसी खरिद गर्नुहोस् कोभिड-१९ बिमालेख

काठमाडौं । कोरोना भाइरसको महामारीको संकटमा बिमालेख खरिद सेवालाई सहज बनाउन एनआसी एशिया बैंकले अनलाइबाटै बिमा लेख खरिद गर्नसकिने व्यवस्था गर्न थालेको छ । नेपालका बिमा कम्पनीहरूले कोभिड १९ सम्बन्धी बिमालेख जारी गर्न थालिसकेपछि एनआसी एशिया बैंकले यो व्यवस्थालाई सहज बनाउन उक्त सेवा सञ्चालन गरेको हो ।

बीमा खरिदका लागि अनलाईनमार्फत छुट्टै पोर्टल नभएको अवस्थामा बैंकले डिजिटल पोर्टल -https://covid19.nicasiabank.com/ मार्फत नवीनतम प्रयोग थालेको हो । जसमार्फत बैंकको मोबाइल बैकिङ्ग एवं वेबसाइट वा सिधै उक्त पोर्टललाई आफ्नो वेब ब्राउजरमा खोलेर एन आई सी एशियाको मोबाइल बैकिङ्ग वा ईन्टरनेट बैंकिङ्गबाट भुक्तानी गरीे लकडाउनको अवधिमा समेत सहज किसिमले घरमै बसी अनलाईनबाटै बीमालेख खरिद गर्न सकिने बैंकले जनाएको छ ।

कोरोना भाइरस बीमालेखमा दुई श्रेणीको बीमांक कायम गरिएको छ । जसअन्तर्गत पहिलो श्रेणीको बीमालेख रू. १ लाख र दोस्रो श्रेणीको बीमालेख रू. ५० हजार रहेको छ । यसलाई खरिद गर्न प्रतिव्यक्ति क्रमशः रू. १००० र रू. ५०० लाग्नेछ । पारिवारिक वा संस्थागत रुपमा बीमा गर्नु परेमा प्रतिव्यक्ति क्रमशः रू. ६०० र रू. ३०० मा यस्ता बीमांकहरू गरिद गर्न सकिने व्यवस्था छ ।

विश्वव्यापी कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि सरकारले लकडाउन घोषणा गरिरहेका बेला देशभित्र विकास निर्माणका कामदेखि लिएर कलकारखानाहरू समेत बन्द रहेको अवस्थालाई मध्यनजर गरी कोरोना भाइरसबाट उत्पन्न हुनसक्ने जोखिम न्यूनिकरणका लागि नेपालका बीमा कम्पनीहरूले कोभिड १९ सम्बन्धी बीमालेख जारी गर्न थालिसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *