नेकपा सचिवालय बैठक निष्कर्षविहिन, अर्को बैठक २० गते

काठमाडौं । सत्तारुढ नेकपाको सचिवालय बैठक भर्खरै सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको बैठकले कुनैपनि निर्णय गर्न सकेन, निष्कर्षविहिनमै टुंगियो ।

बैठकमा पछिल्लो अवस्थाबारे छलफल मात्रै भयो । आजको बैठकमा ठोस सहमति नजुटेपछि अर्को बैठक २० गते बोलाइएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार बैठकमा पार्टीभित्रको आन्तरिक विवाद, सरकार सञ्‍चालन,  एकता सुदृढीकरण तथा सरकारलाई मजबुत पार्ने लगायतका विषयमा छलफल भएको थियो । प्रधानमन्त्री ओलीले राजनीतिक दल विभाजनसम्बन्धी खुकुलो प्रावधानसहित अध्यादेश ल्याएपछि पार्टीभित्र किचलो बढेको छ । अध्यादेश फिर्ता लिएपनि आन्तरिक विवाद सल्टिन सकेको अवस्था छैन ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *