१५ वर्षीया बालिकामाथि करणी, ५८ वर्षीय तामाङ पक्राउ
मकालु खबर
२०७७ वैशाख १८ गते
चितवन । चितवनको राप्ती नगरपालिकामा एक बालिकामाथि जवरजस्ती करणी भएको छ । राप्ती १ की १५ वर्षीया बालिकालाई स्थानीय ५८ वर्षीय रामबहादुर तामाङले जवरजस्ती करणी गरेको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न तामाङलाई पक्राउ गरि थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय खैरहनीका प्रहरी निरीक्षक ऋषिराम घर्ती मगरले जानकारी दिए । सो घटना वैशाख ९ गते राप्ती खोला ड्याममा सिसौघारीमा भएको थियो ।
घटना भएको १० दिनपछि मात्रै करणी भएको घटना बाहिर आएको हो । घटना भएको पाँच दिन पछि मात्रै प्रहरीमा निवेदन परेको थियो । वैशाख १३ गते निवेदन परेको र सोही दिन पीडकलाई पक्राउ गरिएको प्रहरी निरीक्षक मगरले बताए ।
तामाङलाई अदालतबाट म्याद थप गरि थप अनुसन्धान भईरहेको पनि उनले जानकारी दिए ।
मकालु खबर
२०७७ वैशाख १८ गते
प्रतिक्रिया
सम्बन्धित