कांग्रेस वरिष्ठ नेता पौडेललाई जापान सरकारको उच्च सम्मान

काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई जापान सरकारले उच्च सम्मान दिने भएको छ। पौडेललाई ‘ग्रान्ड कोर्डन अफ दि अर्डर अफ दि राइजिङ सन’ प्रदान गर्ने निर्णय जापान सरकारले गरेको हो।

जापानस्थित नेपाली दूतावासले बिहीबार एक विज्ञप्ति जारी गरी जापान सरकारले उक्त अवार्ड नेता पौडेललाई दिने निर्णय गरेको जनाएको हो। नेपाल–जापानबीचको सम्बन्ध विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गरेबापत यस्तो विभूषण प्रदान गर्ने निर्णय गरेको दूतावासको विज्ञप्तिमा उल्लेख छ।

जापान सम्राटले सन् १८७५ मा स्थापना गरेको यो सम्मान जापान सरकारले विदेशी नागरिकलाई प्रदान गर्ने सर्वोच्च सम्मानमध्ये पर्छ। पूर्व सभामुख पौडेल सन् १९९९ मा स्थापित नेपाल-जापान संसदीय मैत्री संघका संस्थापक हुन्। २०१७ सम्म पौडेल यसको अध्यक्ष थिए। यो सम्मान वर्षको दुईपटक प्रदान गरिने पनि दुतावासले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *