‘घरको समस्या बोकेर पसल पसल नडुलौं’

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का युवा नेता योगेश भट्टराईले पार्टीमा देखिएको विवाद पार्टी भित्रै हल गर्न सुझाव दिएका छन्। सामाजिक सञ्जाल ट्विटरमा नेता भट्टराईले अध्यादेश प्रकरणपछि छरपस्ट भएको नेकपा भित्रको विवाद अब पार्टी सचिवालयमार्फत घरभित्र प्रवेश गरेकोले अब त्यही भित्र हल गर्न सुल्झाएका हुन्।

अध्यादेश प्रकरणले नेकपा भित्रको वेमेल एकपछि अर्को गरेर सतहमा छरपस्ट भएको थियो। बुधवार साँझ बसेको पार्टी सचिवालय बैठकपछि नेकपाको विवाद नयाँ चरणमा प्रवेश गरेको छ। संकट समाधानका लागि बसेको सचिवालयको बैठक बिनानिष्कर्ष टुंगिएपछि नेताहरूले विभिन्न माध्यममार्फत नेतृत्वलाई सुझाव दिइरहेका छन्।

नेता भट्टराईले विवाद अब घरभित्र प्रवेश गरेकोले बन्द बजारका पसल पसल नडुल्न नेतृत्वलाई आग्रह गरे। उनले पार्टीभित्र संवाद र फेरि पनि संवादका माध्यमबाट वर्तमान विवादलाई समाधान गर्नुपर्ने उनको भनाइ रहेको छ।

उनले ट्विटरमा भनेका छन्, ‘छरपस्ट भएर छिरलिएको छलफल सचिवालय बैठकमार्फत घरभित्र प्रवेश गरेको छ त्यतातिरै समाधान गरौँ। बजार बन्द छ पसल पसल नडुलौँ। संवाद, संवाद र फेरि पनि संवाद।’ उनले छलफलबाट समाधान खोज्नुपर्नेमा जोड दिए। सचिवालयको अर्को बैठक वैशाख २० गतेका लागि तय भएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *