सशस्त्र प्रहरीद्वारा ७० वर्षीय वृद्धसहित ३ जनामाथि कुटपिट, वृद्धको पाखुरा भाँच्चियो

नवलपरासी । पश्चिम नवलपरासीको सिमावर्ती गाउँपालिका पाल्हीनन्दन वडा-५ को भगतवपुरवाँ गाउँ नजिक दजगजामा सशस्त्र प्रहरीको कुटाइबाट ३ जना घाइते भएका छन् ।

करिब रातको ९ बजेको समयमा सशस्त्र प्रहरीको कुटाइबाट भगतपुरवाँ निवासी ७० वर्षीय पुर्णवासी कहार, सोही ठाउँ बस्ने १४ वर्षीय अक्लेश गौड र १६ वर्षीय मुन्ना गौड घाइते भएका हुन् ।

घाइते भएका ७० वर्षीय पुर्णवासी गौडको पाखुरा भाँचिएको, टाउँ फुटेको, हातसहित विभिन्न ठाउँमा घाउ लागेको छ । त्यस्तै १४ वर्षीय अक्लेश हात भाँचिएको छ । घाइतेहरुको परासी स्थित पृथ्वीचन्द्र अस्पतालमा उपचार भइरहेको छ ।

गत राति ९ बजेको सयमा भारतबाट केहि स्थानीय तस्करहरु सशस्त्र प्रहरीको सेटिङ्गमा ७–८ वटा सुंगुर नेपाल भित्र्याइरहेको देखेको र घटना लुकाउन आफूमाथि कुटपिट गरेको घाइतेको आरोप छ ।

यद्यपी प्रहरीले भने मोटरसाइकलमा रक्सी बोकेर भारत लैजान खोज्दा रोकेपछि गाउँनै आएर आफ्नो जवान र पोष्टमाथि आक्रमण गर्न खोज्दा रक्षाका लागि लाठीचार्ज भएको बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *