पहिलो पटक नागढुंगा नाकामा बन्यो स्यानिटाइजिङ टनेल, शुक्रबार मेयरबाट उद्घाटन

काठमाडौं । काठमाडौंको मुख्य नाका नागढुंगामा आधुनिक ‘डिस्इन्फेक्सन टनेल’ निर्माण गरिएको छ ।

काठमाडौंमा कोरोना भाइरस नभित्रियोस् भन्ने उद्देश्यले गाडीहरुलाई निःसंक्रमण गर्न ‘डिस्इन्फेक्सन टनेल’ बनाइएको चन्द्रागिरि नगरपालिकाले जनाएको हो ।

टनेल निर्माण काठमाडौंमा बिजुली बस चलाइरहेको सुन्दर यातायात प्रालिले आफ्नै खर्चमा यस्तो टनेल निर्माण गरेको हो भने चन्द्रागिरि नगरपालिकाले स्थान, पानीको ब्यवस्थापन सुरक्षाको प्रवद्र्धन गरेको मेयर घनश्याम गिरीले बताए ।

सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाले केन्द्र सरकार, चन्द्रागिरी नगरपालिकाबाट अनुमति लिएर ‘डिस्इन्फेक्सन टनेल’ बनाइएको र शुक्रबार औपचारिक रुपमा उदघाटन हुने बताए ।

टनेलको सुरक्षा र सञ्चालन महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले गर्ने भएको छ । टनेल निर्माण पश्चात् राजधानी भित्रिने सबै सवारी साधन निःसंक्रमण गर्न डिस्इन्फेक्सन भएपछि मात्र राजधानी प्रवेश गर्न पाउने छन् ।

काठमाडौं भित्रिने गाडीहरु यही टनेलमार्फत गुड्नुपर्ने छ । टनेलभित्र प्रवेश गर्दा गाडीको बाहिरी भागमा भाइरस मार्ने औषधि छर्किइन्छ जसका कारण कोरोना भित्रिन रोक्न मद्दत पुग्ने विश्वास गरिएको छ ।

नागढुंगामा टनेलले राम्रो नतिजा दिए फर्पिङ नाकामा पनि निर्माण गर्ने योजना रहेको सुन्दर यातायात प्रालिका अध्यक्ष थापाले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *