हामी अब प्रत्यक्ष निर्वाचित प्रणालीमा जानुपर्छः कमल थापा

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अब प्रत्यक्ष निर्वाचित प्रणालीमा जानुपर्ने बताएका छन्। सामाजिक सञ्जाल ट्विटरमा थापाले विगत १४ वर्षको अभ्यासबाट पाठ सिकेर प्रत्यक्ष निर्वाचित प्रणालीमा जानुपर्ने बताएका हुन्।

उनले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, राष्ट्र प्रमुखमा राजा र स्थानीय स्वायत्त शासन प्रणालीबारे बहस गर्ने बेला भएको समेत औँल्याए। उनले ट्विटरमा भनेका छन्, ‘अब जे हुनु भइसक्यो, पुरानो व्यवस्थामा फर्कने होइन, सम्भव पनि छैन। १४ वर्षको अभ्यासबाट पाठ सिकेर प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, राष्ट्रप्रमुखमा राष्ट्रिय एकताको प्रतीक राजसंस्था र स्थानीय स्वायत्त शासन प्रणालीबारे बहस गरौँ। राष्ट्रिय सहमति कायम गरी अघि बढौं।’

उनले अब पुरानो व्यवस्थामा फर्कन नहुने र त्यो सम्भव नभएकोसमेत बताएका छन्। अहिले शासन प्रणाली परिवर्तनकामा नाममा लादिएको जबाफदेहीविहीन, अभिभावकविहीन र धरातलीय यथार्थ विपरीतको व्यवस्था र प्रणाली रहेको उनको भनाइ छ।

उनले भनेका छन्, ‘तितो लाग्न सक्छ, तर देशमा विद्यमान श्रृखंलावद्ध विकृतिको मूल कारक ‘कथित’आमूल परिवर्तनको नाममा हठात लादिएको जबाफदेहीता विहीन, अभिभावक विहीन र धरातलीय यथार्थ विपरीतको व्यवस्था/प्रणाली हो। पहिलेको व्यवस्था ठिक थियो भन्ने होइन, तर त्यसमा क्रमिक सुधार गर्दै जानु उपयुक्त हुने थियो।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *