ऋषि कपुरका सर्वाधिक रुचाइएका १० फिल्म जो युट्युवमा हेर्न सकिन्छ (फिल्म सहित)

काठमाडाैं । बलिउडमा लभर ब्वाईको उपमा पाएका ऋषि कपुरले खेलेका करिब १० फिल्मलाई सर्वाधिक रुचाइएको छ । सन् २०७० देखि हालसम्म फिल्म क्षेत्रमा सक्रिय कपुरको आजै निधन भएको छ । क्लासिकल, लभ र ड्रामा फिल्म रुचाउनेलाई उनका फिल्म दर्शनीय छ ।
१) मेरा नाम जोकर

क्लासिक फिल्मको कोटीमा पर्दछ मेरा नाम जोकर । सन् १९७० मा राज कपुरद्वारा निर्देशित मेरा नाम जोकरमा ऋषि कपुरले किशोर अवस्थाको अभिनय गरेका छन् । उनका बाबु सर्करमा काम गर्छन् । एक दिन उनको दुर्घटनामा निधन हुन्छ । छोरा पनि सर्कसमा लाग्छन् । तर, उनकी आमालाई मन पर्दैन । जस्तो सुकै अवस्थामा पनि जोकरले कसरी हसाउँनुपर्छ फिल्ममा देखाइएको छ ।

२) बबी

मेरा नाम जोकर मार्फत बलिउडमा पाइला चालेका ऋषिको ३ वर्षपछि आएको बबीले तहल्का मच्चाएको थियो । यहि फिल्मबाट ऋषिले बेस्ट एक्टरको अवार्ड पाए ।
फिल्ममा ऋषिको अपोजिट भएर डिम्पल कपाडियाले अभिनय गरेकी छिन् । बबीमा ऋषि र डिम्पलसँग बबीमा धनी परिवारको केटाले गरिब घरकी केटीलाई प्रेम गर्दा भोग्नु परेको उतार चढावको कथा छ ।

३) कर्ज

https://youtu.be/Adoez0Zj21c

टिना अम्बानी र सिमी शेरगलसँग ऋषि कपुरले अभिनय गरेको कर्ज पनि रुचाइएको फिल्म हो । फिल्ममा पुर्वजन्मको कथा छ ।

४) खेल खेल मे

 

यो फिल्ममा तीन जना केटाहरुको कथा छ जहाँ उनीहरुले एउटा ठूलो ज्वेलरीमा खेल लेख्छन् । पछि उनीहरुलाई रहस्यमयी अपराधीले हत्याको आरोप लगाउँछ । खेल खेल मे ऋषिसँग नितुले स्क्रिन शेयर गरेकी छिन् ।

५) अमर अकवर एन्थोनी

तीन दाजुभाईको कथा हो अमर अकबर एन्थोनी । फिल्ममा हिन्दु, मस्लिम र क्रिश्चियन परिवारका तीन युवाहरुको कहानी छ । फिल्ममा ऋषिका अलावा विनोद खन्ना, अभिताभ बच्चन रहेका छन् । यो १९७७ को सुपरहिट फिल्म हो ।

याे पनि हेर्नुहाेस

राज कपुरले ‘मेरा नाम जोकर’को घाटा उठाउन बनाएका थिए ‘बबी’

६) लैला मजनु

 

१९७६ मा आएको लैजा मजनु ड्रामा, म्युजिकल लभ स्टोरी हो । फिल्मले ६ वर्षको स्कुल गएको बालकको लैला नाम गरेकी केटीसँग मित्रता हुँदै पछि प्रेममा परिणत हुन्छ । केटीले आफ्ना बाबुको चाहना अनुसार अरुसँगै विवाह गर्छिन् । केटा भने लैलाको यादमा कसरी छट्पटिन्छ फिल्मले त्यहि कथा भन्दछ । ऋषिसँगै रञ्जिता कौर, डेनी र अरुना इरानीको लोभ लाग्दो अभिनय लैला मजनुमा छ ।

७) सागर

१९८५ मा आएको सागरले ऋषि कपुरलाई सफलता दिलाएको छ । फिल्मको कथा धनी र गरिब विचको प्रेममा कस्ता बाधा आइ पर्छन् हेर्न सकिन्छ । सम्पन्न परीवारको केटाले गरिब घरकी केटीलाई अपनाउँदा केटाकाे परीवारले दिने दवाव सागरमा देख्न सकिन्छ ।

८) प्रेम रोग

बलिउडमा राम्रो छाप छोड्न सफल फिल्म हो प्रेम रोग । १९८२ मा रिलिज भएको प्रेम रोग पनि लभस्टोरी फिल्म हो । एक धनी, कट्टरपन्थी परिवारकी छोरी मनोरमाको विवाह भइसकेको छ । उनको बाल्यकालको साथी देवधरप्रति उनको गोप्य प्रेम हुन्छ । प्रेम रोग यसै कथामा छ ।

९) नागीन

फेन्टासी रोमान्सको संगम हो नागीन । सन् १९८६ को सुपरहिट फिल्ममा ऋषि कपुर र श्रीदेवीको वेजोड अभिनय छ । फिल्ममा श्रीदेवी इन्छाधारी नागिन हुन्छिन् । उसको श्रीमानलाई दुष्ट साधुले मारिदिएको हुन्छ । जसको बदला लिन श्रीदेवीले के कस्तो गर्नुपर्छ फिल्ममा देखाइएको छ । फिल्ममा स्वर्गिय अमरिश पुरीको शशक्त अभिनय छ ।

१०) दिवाना

साहरुख खानलाई बलिउडमा स्थापित गर्ने फिल्म हो दिवाना । यसमा ऋषि कपुर गायकमा रुपमा हुन्छन् । भने उनकी श्रीमतीको भूमिकामा दिब्या भारतीले अभिनय गरेकी छिन् । सम्पन्न परीवारका एक्ला सन्तान ऋषिलाई आफ्नै काका अमरिश पुरीले सम्पत्तिको लोभमा मार्न चाहन्छन् । एक योजनाबद्ध आक्रमण पछि ऋषि हराउँछन् र शाहरुख खानको प्रवेश हुन्छ । त्यसपछि फिल्ममा आएको मोड रोचक छ ।

यसका अलावा पछिल्ला फिल्महरु अग्निपथ, डि डे, लभ आज कल, कपुर एण्ड सन्स, नमस्ते लण्डन ऋषि कपुरका रुचाइएका फिल्म हुन् । यी फिल्महरु लकडाउनका बेला युट्युवमा घरमै बसेर हेर्न सकिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *