क्वारेन्टाइनमा बसेका आमाहरुले स्तनपान गराउनु कतिको सुरक्षित छ ?

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को लक्षण देखिएका वा क्वारेन्टाइनमा बसेका आमाहरुले स्तनपानलाई निरन्तरता दिनु सुरक्षित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज (बिहीबार) को प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोरोना लक्षण देखिएका वा क्वारेन्टाइनमा बसेका आमाहरुले आफ्नो शिशुलाई सुरक्षित तरिकाले स्तनपान गराउदा कोरोना नसर्ने बताए ।

‘ज्वरो, खोकी र स्वास्थ्यमा कठिनाइ भएका महिला वा क्वारेन्टाइनमा बस्नुभएका कतिपय महिलाहरुले स्तनपान पनि गराइराख्नु भएको होला । यसलाई निरन्तरता दिनुभए हुन्छ । किनकी अध्ययनहरुले हालसम्म स्तनपानबाट कोरोना भाइरस सरेको देखाएको छैन’, प्रवक्ता देवकोटाले भने ।

उनले भाइरसको संक्रमणबाट जोगिनका लागि केही सावधानी भने अपनाउनुपर्ने बताए । प्रवक्ता देवकोटाका अनुसार लक्षण देखिएका वा क्वारेन्टाइनमा बसेका आमाहरुले स्तनपान गराउँदा र बालबालिकासँग नजिक हुँदा मास्क लगाउने, बालबालिकाको सम्पर्कमा आउनुभन्दा अगाडी २० मिनेटसम्म साबुनपानीलेल मिचिमिची हात धुनुपर्छ ।

यदि आमा निकै नै अस्वस्थ भएको अवस्थामा उनको दुध निकालेर सफा कप वा चम्चाले शिशुलाई खुवाउन सकिने उनको भनाइ छ । विस्तृत जानकारीका लागि नजिकको स्वास्थ्य संस्थाबाट वा स्वास्थ्य मन्त्रालयको कल सेन्टर ११३३ र १११५ मा फोन गरी प्राप्त गर्न सक्ने उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *