प्रधानमन्त्री ओली र इजरायलका राष्ट्रपति रेउभेनबीच टेलिफोन संवाद

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओली र इजरायलका राष्ट्रपति रेउभेन रिभ्लीनसँग टेलिफोन संवाद भएको छ। बिहीबार अपराह्न टेलिफोन संवाद भएको प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्विटरमार्फत जनाएका छन्।

टेलिफोन संवादमा प्रधानमन्त्री ओलीले त्यहाँ रहेका नेपालीको सुरक्षा र कल्याणबारे चासो राखेका थिए। जवाफमा राष्ट्रपति रिभ्लीनले नेपालीहरू आफन्तजस्तै बसेका हुँदा चिन्ता नलिन भनेको प्रधानमन्त्री ओलीले बताएका छन्।

उनले ट्विटरमा भनेका छन्, ‘आज मेरो इजरायलका महामहिम राष्ट्रपति रेउभेन रिभ्लीनसँग टेलिफोन संवाद भयो। मैले त्यहाँ रहेका नेपालीको सुरक्षा र कल्याणको बारेमा चासो राखें। उहाँले नेपालीहरू आफन्तजस्तै बसेका हुँदा चिन्ता नलिन भन्नुभयो।’

कुराकानीका क्रममा विशेष रूपमा कृषि क्षेत्रको प्रविधि हस्तान्तरण गर्नेबारे छलफल भएको प्रधानमन्त्री ओलीले बताएका छन्। ‘हामीले नेपाल-इजरायल दौत्य सम्बन्धको ६०औँ वर्षगाँठ मनाउने र इजरायलको, विशेष रूपमा कृषि क्षेत्रको प्रविधि हस्तान्तरण गर्नेबारे छलफल गर्‍यौँ। कोरोना विरुद्ध मिलेर लड्ने र त्यसपछि आर्थिक पुनरुत्थानको लागि पनि मिलेर काम गर्ने विषयमा पनि छलफल गर्‍यौं,’ प्रधानमन्त्री ओलीले भनेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *