हावाहुरी र असिनापानीबाट छत गुमाएका परिवारलाई जस्तापाता वितरण

चितवन । राप्ती नगरपालिका वडा नम्वर ४ ले हावाहुरी र असिनापानीका कारण घरको छानोमा क्षति व्यहोरेका परिवारहरुलाई जस्तापाता वितरण सुरु गरेको छ ।

अघिल्लो साता हावाहुरी र असिनापानीका कारण यहाँका सयौं स्थानीयको घरको जस्ता प्वाल पार्नुका साथै छानो नै उडाएको थियो । नेपाल सरकारको समानिकरण अनुदानमा रहेको वडाको बजेटमार्फत पीडितहरुलाई जस्तापाता वितरणको काम सुरु भएको वडाध्यक्ष शमशेर लामाले जानकारी दिए ।

क्षतिको विवरण जनप्रतिनिधीहरु, राजनितिक दल, टोल विकास संस्थाका प्रतिनिधीहरु र सुरक्षा निकायको सयुक्त अनुगमनबाट लिइएको थियो । अनुगमनका क्रममा करिब ४ सय घरधुरीमा क्षति भएको पाइएको छ ।

क्षतिको विवरणलाई तीन भागमा विभाजन गरि राहत स्वरुप जस्ता वितरण गरिएको वडाध्यक्ष लामाले बताए । उनका अनुसार थोरैको पूर्ण क्षती भएपनि अधिकांशको आशिंक क्षति भएको छ ।

कोरोना भाईरस संक्रमण जारीरहेका बेला वडा कार्यालयले यसअघि मुख्य मुख्य ठाउँमा हात धुने व्यवस्था, वडाको सबै क्षेत्रमा डिसइन्फेक्सन छर्कने काम, मास्क, सावुन वितरण गर्नुका साथै नगरपालिका र विभिन्न व्यक्तीहरुको सहयोगमा ६ सय १२ घरधुरीलाई राहत स्वरुप खाद्यान्न वितरण समेत गरिसकेको वडाध्यक्ष लामाले बताए ।

लकडाउनका वेला खाद्यान्न अभाव हुनेहरुलाई वडामा सम्पर्क गर्न पनि भनिएको छ । वडाध्यक्ष लामाले राहत र जस्तापाता वितरणको काममा सहयोग गर्ने सवैमा धन्यवाद समेत दिएका छन् ।

राप्ती वडा नम्वर ४ ले चालु आर्थिक वर्षमा विभिन्न रचनात्मक तथा जनमैत्री कार्यक्रम सम्पन्न गरिसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *