घरभाडा छुट दिए–नदिएको अनुगमन स्थानीय तहले गर्ने

काठमाडौं । सरकारले घर बहाल छुट दिए–नदिएको अनुगमन गर्ने जिम्मा स्थानीय तहलाई दिएको छ ।

सरकारले असंगठित क्षेत्रका श्रमिकहरुको चैत महिनाको घरभाडा मिनाह गर्न घरबेटीलाई आग्रह गरेको थियो । यद्यपी घरबेटीहरूले विभिन्न बहाना बनाउँदै छुट दिन मानेका थिएनन् । बैशाख  १४ गते बसेको मन्त्रिपरिषदको बैठकले त्यसैकाे अनुगमनकाे जिम्मा स्थानीय तहलाई दिने निर्णय गरेको हो ।

रोजगारी वा काम गुमाएका असंगठित बाहेकका अन्य श्रमिकसँग लकडाउन अवधिभर घरभाडा माग नगर्ने र निजहरुले आम्दानी गरेपश्चात घरबहाल रकम भुक्तानी गर्न पाउने सुविधा प्रदान गर्ने निर्णयसमेत गरेको छ ।

त्यस्तै सरकारले चैत र वैशाख महिनामा भुक्तानी गर्नुपर्ने अधिकांश करको भुक्तानी गर्ने समयावधि १४ जेठसम्मका लागि बढाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *