भद्रगोलका ‘विलासे’ लाई कोरोना संक्रमण पुष्टि, यस्तो छ स्वास्थ्य अवस्था

काठमाडौं । हाँस्य टेलिश्रृंखला ‘भद्रगोल’ का कलाकार सुवास कार्की ‘विलासे’ मा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । विगत २ वर्षदेखि लण्डनमा बस्दै आएका सुवासलाई हालै कोरोना संक्रमण भएको ‘सक्किगोनी’ का निर्देशक दिपक आचार्य ‘काकु’ ले पुष्टि गरे ।

कार्कीको स्वास्थ्य अवस्था सामान्य रहेको र उनी अहिले घरैमा आइसुलेसनमा रहेको आचार्यले जानकारी दिए । ‘आज बिहान पनि सुवाससँग मेरो कुरा भएको थियो । श्वास फेर्न गाह्रो भयो भनेर एसएमएस मात्रै भयो । विगत १०/१२ दिनदेखि आइसुलेसनमा बसिरहेका छन्’, निर्देशक आचार्यले मकालु खबरसँग भने, ‘उहाँको श्रीमती पनि मेडिकल क्षेत्रकै भएका कारण अलि सहज भएको छ । आशा गरौँ उहाँ चाँडै निको हुनु हुनेछ ।’

सुरुमा सुवासलाई फिबर भएको थियो । प्यारासिटामोल खाए तर निको भएन । अलि साह्रै भइसकेपछि उनी छुट्टै कोठामा सुत्न थाले, वाथरुम पनि छुटटै प्रयोग गरे । भोलिपल्ट साह्रै गाह्रो भएपछि श्रीमतीले अस्पताल पुर्याइन् । उनलाई इमरजेन्सीको छुट्टै रुममा राखियो ।

उनको सबै टेस्ट गरियो तर कोरोनाको टेष्ट भने गरिएन । उनले टेस्टका लागि अनुरोध त गरेका थिए तर चिकित्सकले सिरियस र भर्ना भएका बिरामीको मात्र टेस्ट गरिने बताएपछि औषधि लिएर घरै फर्किए ।

घर फर्किएपछि झनै गाह्रो हुन थाल्यो र पुनः परिक्षण गराए । पछिल्लो रिपोर्टमा कोरोना पोजिटिभ देखियो ।

सुवास लण्डनमा करिब १ वर्ष ८ महिनादेखि सुरक्षासम्बन्धी काम गर्दै आएका छन् । उनको परिवार पनि उतै छन् । सुवासको १३ वर्षका छाेरा र एक छाेरी छिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *