चट्याङसहित असिनापानीको सम्भावना, सतर्कता अपनाउन आग्रह

वैशाख ७, काठमाडौं । पश्चिमी वायुको प्रभावका कारण आगामी केही दिनसम्म मौसम बदली रहने छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका कतिपय भूभागमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको छ ।   

मौसम पूर्वानुमान बुलेटिन निकालेर विगत केही दिनदेखि नेपालमा जारी पश्चिमी वायुको प्रभाव अझै सक्रिय देखिने भन्दै सतर्कता अपनाउन अनुरोध गरेको हो । देशका केही स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी, असिनासहित वर्षा हुन सक्ने देखिएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।   

हाल देशको पश्चिमी भूभागमा आंशिकदेखि सामान्य बदली साथै पूर्वी र मध्य भूभागमा आंशिक बदली रहेको छ । आज पनि पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही तराईका भेगमा आंशिक बदली हुनेछ। पहाडी भेगका केही स्थानमा साथै तराईका एक, दुई स्थानमा मेघगर्जन, चटयाङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना छ । रातिको समयमा पनि यो क्रम जारी रहनेछ । 

null

भोलि देशभर आंशिकदेखि सामान्य बदली रहने र अपराह्नपश्चत पहाडी भूभागका केही स्थानमा साथै तराईका थोरै स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *