कोरोना भाइरस संक्रमणबाट ६ हप्ताको शिशुको मृत्यु

चैत्र २०, कनेक्टीकट । कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट संयुक्तराज्य अमेरिकाको कनेक्टीकट राज्यमा एक ६ हप्ताको शिशुको मृत्यु भएको छ ।  

कोरोना संक्रमणबाट ६ हप्ताको शिशुको मृत्यु भएको राज्यका गभर्नर नेड ल्यामोन्टले पुष्टि गरे । उनका अनुसार कोरोना संक्रमणबाट राज्यमा शिशुको मृत्यु भएको घटना पहिलो पटक हो ।  

स्वास्थ्य परीक्षण गर्दा यी बच्चामा कोविड–१९ को संक्रमण देखिएको पनि गभर्नरले बताए । एक ट्वीट गर्दै गभर्नर ल्यामोन्टले भनेका छन्, ‘यही कारण हामीले मानिसहरुलाई घरभित्रै बस्न र अरुसँग बाक्लो भेटघाट नगर्न आग्रह गरेका हौं । तपाइँको आफ्नै र अरु धेरैको जीवन वास्तवमै यसमा निर्भर छ ।’ 

कनेक्टीकट राज्यमा बुधबारसम्ममा तीन हजार ५०० भन्दा बढी मानिसमा कोरोना संक्रमण देखिएको छ । तीमध्ये ८५ जनाको मृत्यु भएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *