राष्ट्रिय गान गाऔँ, राष्ट्रिय धुन बजाऔँ : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष २०७७ को पहिलो दिन बिहान ८ बजे राष्ट्रिय गान गाउन र ताली बजाउन सबैलाई आग्रह गरेका छन्। 

प्रधानमन्त्री ओलीले ग्लोबल कम्प्याक्ट नेपालको अनुरोध मनपरेको भन्दै सबैलाई आआफ्नो घरको झ्याल ढोका वा कौसीबाट भोली बिहान आठ बजे राष्ट्रिय गान गाउन र ताली बजाउन अनुरोध गरेका हुन्। 

ग्लोबल कम्प्याक्टले कारोना उपचारमा खटिएका चिकित्सक, नर्स, अतिआवश्यक प्रदायकका कर्मचारी, लगायतको सम्मानमा राष्ट्रिय गान गाउन र गुन्जाउन अनुरोध गरेको थियो। 

प्रधानमन्त्री ओलीले ट्वीट गर्दै यस कार्यक्रममा सबैलाई सहभागी हुन आग्रह गरेका छन्। 

‘ग्लोबल कम्प्याक्ट नेपालको अनुरोध मलाई राम्रो लाग्यो। यस कार्यक्रममा सामेल हुन सबैलाई आग्रह गर्दछु ।’ 

राष्ट्रिय गान सकिएपछि सबैले करताल ध्वनीले ऐक्यबद्धता स्वरूप ताली बजाएर सम्मान गर्न समेत आग्रह गरेका हुन्। 

यस्तो प्रधानमन्त्री ओलीको ट्वीट : 

  

https://twitter.com/kpsharmaoli/status/1249305433132548097 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *